आईतवार १० श्रावण, २०८३ (Sunday July 26, 2026)

कैलाश मानसरोवर दर्शन गर्ने पर्यटकको संख्या बढ्दो

मंगलवार ३१ भाद्र, २०८२ nepalexplores 1379


कैलाश मानसरोवर दर्शन गर्ने पर्यटकको संख्या बढ्दो

३१ भदौ, काठमाडौं ।
कैलाश मानसरोवर दर्शन गर्ने पर्यटकको संख्या बढेको छ।

हिल्सा नाका कोरोना महामारीका बारण बन्द भएको लामो समयपछि खुल्दा त्यस नाका भएर मानसरोवर जाने तीर्थयात्रीहरुको चाप दोब्बरले बढेको जनाएको छ।

हुम्लाको हिल्सा नाका रुट भएर कैलाश मानसरोवर जाने भारतीय तीर्थयात्रीहरूको चाप बढेको जनाएकाे हो।

भारतीय तीर्थयात्री नेपालगञ्ज विमानस्थल भएर सिमकोट विमानस्थल बाट हिल्सा नाका हुँदै चीनस्थित कैलाश मानसरोवर दर्शन गर्न आउने तीर्थयात्रीहरू ६ हजार ५५ जना रहेको तथ्याङकले देखाएको छ।

तीन महिनामा नेपालगञ्ज  बाट जहाज सिमकोट र सिमकोट विमानस्थलबाटनेपालगञ्ज टेकअफ र ल्यान्डिङ सिमकोटबाट हेलिकप्टरहरू हिल्सा नाकाबाट सिमकोट, सिमकोटबाट हिल्सा नाका टेकअफ र ल्यानिडङ गरी ३ हजार ९९२ उडान अवतरण भएको सिमकोट विमानस्थलका प्रमुख महेन्द्र बहादुर सिंहले जानकारी दिएका छन्।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु