मंगलवार १९ श्रावण, २०८३ (Tuesday August 04, 2026)

ऊर्जा मन्त्री कुलमान घिसिङ र जापानका राजदूत माएदाबीच भेट 

शुक्रबार १० आश्विन, २०८२ nepalexplores 1376


ऊर्जा मन्त्री कुलमान घिसिङ र जापानका राजदूत माएदाबीच भेट 

१० असोज, काठमाडौं ।
ऊर्जा मन्त्री कुलमान घिसिङ र जापानका राजदूत माएदा बीच भेटवार्ता भएको छ।

सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको भेटमा मन्त्री घिसिङलाई राजदूत माएदा तोरुले जापानका तर्फबाट बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

मन्त्री घिसिङ र जापानका राजदूतको भेटमा जापानले नेपाललाई पुर्याउँदै आएको द्धिपक्षीय अनुदान, ऋण, बहुपक्षीय तथा प्राविधिक सहायता र हाल सञ्चालित आयोजनाको कार्यान्वयन अवस्था लगायतका विषयमा छलफल भएको मन्त्रालय स्रोतले जनाएको छ।

मन्त्री घिसिङले दूधकोशी, बूढीगण्डकी जलाशययुक्त आयोजना र काठमाडौं उपत्यकाको शहरी व्यवस्थापनका लागि जापानको थप सहायताको आशा गरेको बताएका छन्।

जापान नेपालको आर्थिक तथा सामाजिक विकासका लागि लामो समयदेखिको महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारको रूपमा रहेको समेत बताएका छन्।

छलफलका क्रममा राजदूत माएदा तोरुले नेपालका रणनीतिक महत्वका ठूला आयोजनामा सहायता उपलब्ध गराउन जापान तयार रहेको उल्लेख गरेका छन्।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु