बिहीबार २९ आश्विन, २०८३ (Thursday October 15, 2026)

उज्यालोले पार्यो रामेछाप  उज्यालो

मंगलवार ८ पुष, २०८२ nepalexplores 3146


उज्यालोले पार्यो  रामेछाप  उज्यालो

८ पुस, रामेछाप।
उज्यालो नेपाल पार्टीले रामेछपमा सोमबार बृहत् जिल्ला भेला गरेको छ।

सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङको उपस्थितिमा रामेछाप जिल्ला भेला गरेको हो।

जिल्ला भेलालाई सम्बोधन गर्दै मन्त्री घिसिङले पार्टी जन्मिएको छोटो समयमा नै देशव्यापी रूपमा संगठन विस्तार गर्न सफल भएको बताएका छन्।

पार्टी यहि गतिमा अघि बढ्दा र जनताहरूकाे उल्लेख्य साथ, सहयाेग बढिरहदा अबकाे केहि समय भित्रै उज्यालो नेपाल पार्टीले बहुमत सहित सरकारमा पुग्ने विश्वास व्यक्त गरेका छन्। 

घिसिङले पार्टी स्थापना भए देखि नै स्पष्ट नीति, दृष्टिकोण र प्रतिबद्धताका साथ देशको समग्र विकासका लागि काम गरिरहेको हुँदा जनता सबै उज्यालो नेपालको पक्षमा भएको बताएका छन्।

अहिले पार्टी जुन गतिमा अघि बढेको छ त्यो नै महत्वपूर्ण तथा सकारात्मक उपलब्धि भएको मन्त्री घिसिङले  बताएका छन्।

स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति सहितको भेलाले रामेछापमा उज्यालो नेपाल पार्टी कार्यालय उद्घाटन गर्नुका साथै जिल्ला संयोजक अञ्जान लामा र सचिव राज मैनालीलाई जिम्मेवारी समेत तोकेको छ।
 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु