शुक्रबार २९ श्रावण, २०८३ (Friday August 14, 2026)

ढोरपाटनमा पर्यटकको चहलपहल बढ्दो

शुक्रबार ३ माघ, २०८२ nepalexplores 1516


ढोरपाटनमा पर्यटकको चहलपहल बढ्दो

२ माघ, काठमाडौं ।  
ढोरपाटनमा पर्यटकको चहलपहल बढेको छ।

ढोरपाटनमा अत्यधिक चिसो बढे पनि यस पर्ष पर्यटकको चहलपहल बढेको हो।

चिसोका कारण बिहानपख धारामा पानी जम्ने, बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुने हुँदा ढोरपाटनका स्थानीय बेँसी झरेका छन्।

अस्थायी रूपमा बसोबास गर्ने र व्यवसायीमात्र ढोरपाटन रहेका छन्। बाह्रै महिना ढोरपाटनको सुन्दरता उस्तै हुँने हुँदा पर्यटकको रोजाइमा परेको छ।

गत वर्ष यस समयमा सुनसान रहेको ढोरपाटन यस वर्ष मङ्सिर अन्तिम सातासम्म पर्यटकको चहलपहल भएको जनाएको छ।

चिसो याममा पनि पर्यटक आउन थालेपछि होटल व्यवसायी उत्साहित भएका छन्। ढोरपाटन उपत्यका होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन अदैको अनुसार अघिल्लो वर्षसम्म करिब चार महिना होटल बन्द हुने गरे पनि यस वर्ष एक दिन पनि खाली बस्न नपरेको बताएका छन्।

पछिल्लो पाँच वर्षमा ढोरपाटन आउने पर्यटकको सङख्या उल्लेख्य रहेको र हिउँद याममा पनि पर्यटकको चहलपहल बढेको यो पहिलोपटक भएको अदैले बताएका छन्। 

ढोरपाटनको बारेमा तीव्र प्रचारप्रसार हुँदा बुटवल, पोखरा, काठमाडौँ, चितवन, भैरहव लगायत देशैभर बाट पर्यटक आउन थालेको बताएका छन्। 

एक दशक अगाडिसम्म सुनसन रहने ढोरपाटन तीव्र प्रचारप्रसारका कारण अहिले पर्यटकको सङ्ख्या उल्लेख्य रहेको बताएका छन्। 

ढोरपाटन उपत्यका सँगै बुकीपाटन र जलजला जानेको संख्या पनि उस्तै रहेको स्थानियले बताएका छन्। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु