शनिबार १९ बैशाख, २०८३ (Saturday May 02, 2026)

मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्या वृद्धि

मंगलवार २१ माघ, २०८२ nepalexplores 1327


मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्या वृद्धि

२० माघ, काठमाडौं। 
मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्या वृद्धि भएको छ।

मुस्ताङको प्रतिकूल चिसो याममा पनि पर्यटकको संख्या वृद्धि भएको हो। 

मुस्ताङस्थित राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमको अनुसार विगतका वर्षभन्दा यस वर्षको जनवरी पहिलो महिनामै पर्यटकीय आगमनको संख्या वृद्धि भएको जनाएको छ।

चालु आर्थि वर्षको सन् २०२६ को जनवरीमा १० हजार ८२२ विदेशी पर्यटक मुस्ताङ भित्रिएको जनाएको छ। 

मुस्ताङमा जनवरी पहिलो महिनामा सार्क राष्ट्र बाट १० हजार ४५ र अन्य फरेनर विदेशी पर्यटक ७७७ जना मुस्ताङ भित्रिएको एक्याप प्रमुख राजेश गुप्तले बताएका छन्।

सन् २०२५ को जनवरीमा भन्दा सन् २०२६ को जनवरीमा ६ हजार ४७६ ले वृद्धि भएको एक्याप जोमसोमका कार्यालय प्रमुख गुप्तले बताएका छन्।

एक्यापका अनुसार सन् २०२५ को जनवरी भन्दा सन् २०२६ को जनवरीमा सार्क राष्ट्रतर्फ ६ हजार २१५ जना र अन्य राष्ट्रका फरेनर विदेशी पर्यटक २६१ जनाले वृद्धि भएको जनाएको छ।

विशेषगरी मुक्तिनाथ दर्शनका लागि भारतीय पर्यटकको आगमन संख्या उल्लेख्य वृद्धि भएको कार्यालय प्रमुख गुप्तले बताएका छन्।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु