शुक्रबार २९ जेष्ठ, २०८३ (Friday June 12, 2026)

मनास्लु क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या बृद्धि

बुधबार १६ बैशाख, २०८३ nepalexplores 1495


मनास्लु क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या बृद्धि

१६ वैशाख, काठमाडौं।
मनास्लु क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या बृद्धि भएको छ।

आर्थिक वर्षमा प्रसिद्ध पर्यटकीय क्षेत्र मनास्लुमा अहिलेसम्मकै धेरै पर्यटक पुगेका हुन्। 

यस वर्ष मनास्लु क्षेत्रमा विदेशी र स्वदेशी गरी १४ हजार ८९९ जना पर्यटकले मनास्लु आरोहण गरेको मनास्लु संरक्षण क्षेत्र आयाजना (एमक्याप)ले जनाएको छ।

मनास्लु क्षेत्रको व्यवस्थापनको जिम्मा लिएको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)का अनुसार गत वर्ष २०८२ मा करिब १५ हजार जना पर्यटकले सो क्षेत्रको भ्रमण गरेको जनाएका छन्।

मनास्लु आरोहण गरेका एमक्यापका सूचना अधिकारी भुवन ओझाको अनुसार २०८१ को तुलनामा २०८२ मा ४ हजार ४७६ जना पर्यटकको सङ्ख्या वृद्धि भएको जनाएको छ।

वैशाख, जेठ, असोज र कात्तिक महिनामा सबैभन्दा धेरै पर्यटक आएको तथा साउन, माघजस्ता बेमौसमका महिनामा पनि पर्यटक सङ्ख्या उल्लेखनीय वृद्धि भएको एमक्यापले जनाएको छ। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु