सोमबार ११ जेष्ठ, २०८३ (Monday May 25, 2026)

यूएईको फुजैराहस्थित सरकारी तेल ट्यांकरमा आक्रमण

मंगलवार २२ बैशाख, २०८३ nepalexplores 1259


यूएईको फुजैराहस्थित सरकारी तेल ट्यांकरमा आक्रमण

२२ वैशाख, काठमाडौं।

यूएईको फुजैराहस्थित सरकारी तेल ट्यांकरमा आक्रमण भएको छ।

यूएईको विदेश मन्त्रालयले आफ्नो सरकारी तेल कम्पनीसँग सम्बन्धित ट्यांकरमा आक्रमण भएको जनाएको हो। 

अधिकारीहरुका अनुसार फुजैराहस्थित तेल बन्दरगाहमा भएको आक्रमण बाट ठूलो आगलागी भएको र तीन जना घाइते भएको बताएका छन्।

यूएईले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले १२ वटा ब्यालिस्टिक क्षेप्यास्त्र, तीन वटा क्रुज मिसाइल र चार वटा ड्रोन रोकेको जनाएको छ। 

यो आक्रमण इरानले गरेको आशंका गरिएको र यूएईले यसलाई ‘खतरनाक’ भन्दै प्रतिक्रिया जनाउने अधिकार सुरक्षित राखेको जनाएको छ।

इरानी सरकारी टेलिभिजन मार्फत् एक सैनिक अधिकृतले भने ‘यूएईलाई निशाना बनाउने कुनै योजना नभएको’ जनाएका छन्।

घटनापछि कच्चा तेलको मूल्य प्रतिव्यारेल ११५ डलर नाघेको छ। आक्रमण भएको स्थान फुजैराह यूएईको पूर्वी तटमा, स्ट्रेट अफ होर्मुजभन्दा बाहिर पर्छ। 

अबुधाबीका तेल क्षेत्रबाट पाइपलाइन मार्फत त्यहाँ तेल ल्याइने भएकाले स्ट्रेट अफ होर्मुज अवरुद्ध भए पनि केही मात्रामा तेल विश्व बजारमा पठाउन सम्भव हुन्छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु