बिहीबार २५ असार, २०८३ (Thursday July 09, 2026)

सभामुख अर्याल र यूएईका राजदूत जरवान बीच शिष्टाचार भेट

बिहीबार ४ असार, २०८३ nepalexplores 1303


सभामुख अर्याल र यूएईका राजदूत जरवान बीच शिष्टाचार भेट

४ असार, काठमाडौँ ।
आज सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि युएईका राजदूत अब्दुल्ला जरवान अल शम्सीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला जरवान अल शम्सीले शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटका क्रममा नेपाल र यूएईबीचको द्विपक्षीय सम्बन्ध, संसदीय सहयोग, व्यापार, लगानी, पर्यटन, श्रम, हवाई सेवा, प्रविधि तथा कृत्रिम बौद्धिकता लगायतका विविध विषयमा छलफल भएको जनाएका छन् ।

सभामुख अर्यालले युएई नेपाली श्रमिक, व्यापार तथा लगानीका दृष्टिले नेपालको महत्वपूर्ण साझेदार राष्ट्र रहेको उल्लेख गर्दै दुई देशबीचको आर्थिक तथा विकास साझेदारीलाई थप विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । 

छलफलका क्रममा युएईको भिसा प्रक्रियामा नेपाली नागरिक बाट प्रहरी प्रतिवेदन अनिवार्य रूपमा मागिने व्यवस्थालाई पुर्नविचार गरी सहज बनाउन अनुरोध गरिएको जनाएका छन् ।

सभामुख अर्यालले नेपाल सरकारले हालै सार्वजनिक गरेको शासकीय सुधारका १०० कार्य सूचीमार्फत सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी, डिजिटाइज्ड तथा नागरिकमैत्री बनाउने दिशामा कार्य अघि बढाएको जानकारी दिएका छन् । 

नेपाल लगानीकर्ताका लागि अनुकूल वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको उल्लेख गदै सभामुख अर्यालले यूएई भिजन २०३१ सँग तालमेल हुने गरी लगानी, पूर्वाधार, पर्यटन, ऊर्जा तथा प्रविधिका क्षेत्रमा सहकार्य विस्तार गर्न आग्रह गरेका छन् ।

सभामुख अर्यालले आगामी सेप्टेम्बर २३ तारिखदेखि पोखरा–दुबई–पोखरा दैनिक सिधा उडान सञ्चालन गर्न स्वीकृति प्राप्त गरेकामा खुशी व्यक्त गर्दै पोखरालाई अन्तरराष्ट्रिय हवाई सञ्जालसँग जोड्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु