शुक्रबार १९ भाद्र, २०८३ (Friday September 04, 2026)

समाचार

उपल्लो मुस्ताङमा चिसो बढ्दो

२ पुष, काठमाडौं । उपल्लो मुस्ताङमा केही दिन यता अत्यधिक चिसो बढ्दो छ। चिसो बढेसँगै उपल्लो मुस्ताङको जनजीवन प्रभावित बन्न थालेको छ। उपल्लो मुस्ताङमा बिहान र बेलुकीपखको समयमा तापक्रम माइनस २० डिग्रीसम्म पुग्ने गरेको छ। उपल्लो मुस्ताङमा चिसो अत्यधिक रुपमा बढे पछि जनजिवन प्रभावित बन्दै जान थाले...

चीनका पूर्वअधिकारी लीलाई भ्रष्टाचार आरोपमा दिइयो मृत्युदण्ड

२ पुस, काठमाडौं । चीनका पूर्वअधिकारी लीलाई भ्रष्टाचार आरोपमा आज मृत्युदण्ड दिएको छ। चीनले लगभग ३ अर्ब युआन भ्रष्टाचार गरेको आरोप लागेका एक पूर्वअधिकारी ‘इकोनोमिक डेभलपमेन्ट जोन’का पूर्वकम्युनिष्ट पार्टी प्रमुख ली जियानपिङलाई आज मृत्युदण्ड दिएको हो। चिनियाँ समाचार संस्था सिन्हुवा...

आज किरात समुदायले उधौली पर्व मनाउँदै

३० मंसिर, काठमाडौं ।  आज किरात समुदायले उधौली पर्व मनाउँदैछन्। मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँने गरेका हुन्। किरात समुदायले अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने र पितृलाई स्मरण गर्ने दिनल...

अमेरिकी राष्ट्रपतिले आप्रवासी र नागरिकताको सम्बन्धमा पुनरवलोकन गर्ने 

२४ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी र नागरिकताको सम्बन्धमा पुनरवलोकन गर्ने भएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मकै आधारमा नागरिकता पाउने व्यवस्था हटाउने बताएका छन्।  राष्ट्रपतिको पद सम्हाल्नेबित्तिकै आप्रवासी र नागरिकताको सम्बन्धमा भएका व्यवस्थाहरूको पु...

कञ्चनपुरको पुरैनीमा आइपुगे प्रवासी पन्छी कलहाँस

२४ मंसिर, काठमाडौं । कञ्चनपुरको पुरैनीमा प्रवासी पन्छी कलहाँस आइपुगेको छ। उत्तरी धुव्रमा चिसो बढेपछि प्रत्येक वर्ष कञ्चनपुरको बेलौरी नगरपालिका–६ स्थित पुरैनी तालमा कलहाँस लगायतका जलपन्छीका प्रजाति आइपुग्छन्। विगतका वर्षमा कात्तिकको अन्तिम हप्तामै पुग्ने कलहाँस यसवर्ष भने ढिलो गरी ताल...

कञ्चनपुरमा ‘कृष्णवक्ष रातोकण्ठ चरा’ पहिलोपटक देखियो

२१ मंसिर, काठमाडौं ।  कञ्चनपुरमा ‘कृष्णवक्ष रातोकण्ठ चरा’ पहिलोपटक देखिएको छ। बेलौरी नगरपालिका–७ नकैया सीमसार क्षेत्रमा कृष्णवक्ष रातोकण्ठ चरा फेला परेको हो। हिमालय पर्वतमालामा पाइने दुर्लभ कृष्णवक्ष रातोकण्ठ (चाइनिज रुबीथ्रोट) चरा पहिलोपटक त्यस क्षेत्रमा देखापरेको छ। न...

सबैभन्दा महंगो मूल्य बन्यो बिटकोइन 

मंसिर २० काठमाडौं । सबैभन्दा महंगो मूल्य बिटकोइन बनेको छ।  न्युयोर्क टाइम्सको अनुसार १६ वर्षअघि सुरू भएको अभौतिक डिजिटल कारोबार पहिलो पटक एउटा बिटकोइनको मूल्य ६ अंकको पुगेको जनाएको छ।  क्रिप्टोकरेन्सीहरू मध्ये सबैभन्दा महंगो बिटकोइन एक लाख डलर कटेको छ। नेपाली मूल्य अनुसार एउटा बिटको...

सीताराम विवाहपञ्चमीको चौथो दिन तिल्कोत्सव सम्पन्न

१९ मंसिर, काठमाडौं ।  आज सीताराम विवाहपञ्चमीको चौथो दिन तिल्कोत्सव सम्पन्न भएको छ।  तिल्कोत्सवमालाई मैथिलीमा छेका भनिन्छ। जानकी मन्दिरबाट भार (कोसेली) लिएर राममन्दिर पुगेर तिल्कोत्सव विधि सम्पन्न भएको हो। जानकी मन्दिरबाट भारको नेतृत्व गरी पुगेको जानकीको पिता अथवा राजा जनकको प्रतिकात...

चीनले नेपाललाई ९ अर्ब रूपैयाँ अनुदान दिने राष्ट्रपति सी को घोषणा

१९ मंसिर, काठमाडौं । चीनले नेपाललाई करिब ९ अर्ब रूपैयाँ अनुदान दिने राष्ट्रपति सीले घोषणा गरेका छन्। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटमा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको आर्थिक समृद्धि र विकासका लागि करिब ९ अर्ब रूपैयाँ आर्थिक सहायता गर्ने बताएका हुन्। भेटमा प्रधानमन्त्री...

नेपाल–चीनबीच बिआरआईमा थप छलफल हुने 

१८ मंसिर, काठमाडौं । नेपाल–चीनबीच बिआरआईमा थप छलफल हुने भएको छ।  नेपालका सत्ता साझेदार दलहरूले तयार पारेको ‘फ्रेमवर्क अन बिआरआई कोअपरेशन’ को मस्यौदामा नेपाल र चीनबीच छलफल हुने भएको हो। नेपाल सरकारले बिआरआई अन्तर्गत सञ्चालन गर्ने परियोजनाहरू चीनले अनुदानमा बनाइदिनुपर्ने...

प्रधानमन्त्री ओलीलाई चीनको बेइजिङमा, उपमन्त्री बेइदोङलले गरे स्वागत

१७ मङ्सिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनको बेइजिङमा, उपमन्त्री बेइदोङलले गरे स्वागत गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली चार दिन चीन भ्रमणका लागि सोमबार बेइजिङ पुगेका हुन्। ओलीलाई चीनस्थित बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ कम्युनिस्ट पार्टीका वैदेशिक मामिलाक...

सेयर बजार परिसूचक नेप्से १९.९७ अंकले वृद्धि

१७ मंसिर, काठमाडौं ।  आज सेयर बजारको परिसूचक नेप्से १९.९७ अंक वृद्धि भएको छ। वृद्धिसँगै नेप्से परिसूचक २७५८ मा कायम भएको हो।  अघिल्लो दिन ८ अर्ब ८३ करोडको सेयर बजार कारोबार भएकोमा आज १० अर्ब ५४ करोड कारोबार भएको हो।  १२६ कम्पनीको मूल्य बढ्दा ११२ को घट्यो भने ५ को स्थिर रहेको छ।...

सरकारले गर्यो उखुको समर्थन मूल्य निर्धारण 

१४ मंसिर, काठमाडौँ । सरकारले उखुको समर्थन मूल्य निर्धारण गरेको छ। मन्त्रिपरिषद्को बैठकले उद्योगी (उखु मिल)ले किसानहरूलाई उपलब्ध गराउने रकम प्रतिक्विन्टल ५ सय ८५ रुपैयाँ पु¥याइएको हो। गत वर्षभन्दा २० रुपैयाँ वृद्धि गरी नयाँ समर्थन मूल्य निर्धारण गरिएको हो। सरकारले उखु किसानलाई अनुदान बापत...

ताप्लेजुङको पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दो

१२ मंसिर, ताप्लेजुङ।  ताप्लेजुङको पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दो छ।  ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दै गएको हो। पाथीभराको दर्शनका लागि नेपाल बाहिर विशेषगरी छिमेकी मुलुक भारत र अमेरिका, जापान, थाइल्याण्ड, नेदरल्याण्ड लगायत देशहरू...

चिसो बढेसँगै सगरमाथा क्षेत्र छोड्दै विदेशी पर्यटक

११ मङ्सिर, काठमाडौं ।  चिसो बढेसँगै विश्वको सर्वोच्च शिविर सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढेको छ। पछिल्लो समय सगरमाथा क्षेत्र प्रवेश गर्नेको तुलनामा बाहिरिने पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढेको हो। नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाले पछिल्लो एक सातामा जहाजमार्फत...

इजरायलीको आक्रमणमबाट, १०० बढि प्यालेस्टाइनी मारिए

९ मङ्सिर, काठमाडौं ।  १०० बढि  प्यालेस्टाइनी इजरायलीको आक्रमणम बाट मारिएका छन्। इजरायलले घेरा हालेको क्षेत्रमा बमबारी तीब्र पारेसँगै दुई दिनमा कम्तिमा पनि १२० जना मारिएको प्यालेस्टाइनी स्वास्थ्य अधिकारीहरुले बताएका छन्।  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाए अनुसार गाजा शहरको जिट...

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्या घटे  

९ मंसिर, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको संख्या घटेको छ। चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्या गत वर्षको तुलनामा यस वर्ष घटेको हो। गतवर्ष विभिन्न नाकाबाट तीन लाख पाँच हजार एक सय ७० पर्यटकले निकुञ्ज तथा सामुदायिक वन क्षेत्रको अवलोकन गरेको निकुञ्ज कार्यालयले जनाएको छ।&nbs...

भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ समकक्षी विच भेट

४  मंसिर, काठमाडौं ।  भारतीय विदेशमन्त्री एस जयशंकरले चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका छन्।  वाङ यीलाई भेटेपछि एस जयशंकरले विश्वव्यापी अवस्थाका बारेमा पनि छलफल भएको सामाजिक सञ्जालमार्फत बताएका छन्। बीबीसीको अनुसार ब्राजिलमा भइरहेको जी–२० शिखर सम्मेलनका क्रममा दुई...

पदयात्रीले ध्वनि यन्त्र अन्नपूर्ण आधार शिविरमा लैजान निषेध

४ मङ्सिर, काठमाडौं ।  पदयात्रीले ध्वनि यन्त्र अन्नपूर्ण आधार शिविरमा लैजान निषेध गरेको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को अनुसार चर्को आवाजले शान्त हिमाली क्षेत्रमा पदयात्रा गरिरहेका पर्यटकको एकाग्रता खल्बिलिने र यात्रामा बाधा पुग्ने भएकाले उक्त निर्णय गरिएको जनाएको छ। ...

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको संख्या बढ्दो

३ मङ्सिर, काठमाडौं ।  अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको संख्या बढ्दो छ।  अन्नपूर्ण संरक्षण क्षेत्रमा गत कात्तिक महिनामा ३३ हजार तीन सय १० विदेशी पर्यटक भित्रिएका छन्।  अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार दक्षिण एसियाली मुलुकका ११ हजार छ सय ७८ र अन्य मुलुक...