आईतवार ७ मंसिर, २०८३ (Sunday November 22, 2026)

अर्थ

आलुको बोरामा भेटियो ८३ लाख भन्दा बढी नेपाली रुपैयाँ

काठमाण्डौ । सशस्त्र प्रहरीले जनकपुरबाट आलुको बोराभित्र लुकाएको ८३ लाखभन्दा बढी नेपाली रुपैयाँ बरामद गरेको छ । आलुको बोराभित्र राखेर भारतबाट नेपाल ल्याउँदै गरेको स्रोत नखुलेको ८३ लाख  ६४ हजार ५ सय रुपैयाँ बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक शम्भु कटुवालले जानकारी दिए ।  मंगलबार ज७प ५०...

देशभरका ७८ नर्सिङ क्याम्पस बन्द, ४ हजार भन्दा बढीले गुमाए रोजगारी

काठमाण्डौ । निजी क्षेत्रबाट सञ्चालित ७८ वटा कलेज नर्सिङका विद्यार्थी पढाउन बाट वञ्चित भएका छन् । चिकित्सा शिक्षा ऐनको व्यवस्थाअनुसार ती कलेज बन्द भएका हुन् । ऐनमा नर्सिङ कलेज सञ्चालन गर्न १०० शैय्याको अस्पताल अनिवार्य हुनुपर्ने व्यवस्था छ । १०० शैय्याको अस्पताल बनाउन नसकेका कलेज बन्द भएका हुन्...

कृषि उत्पादन निर्यात भन्दा बढी आयात

काठमाण्डौ । पूर्वी नाका काँकडभिट्टा भएर कृषिजन्य वस्तुको निर्यातभन्दा आयात वढी  भएको छ । चालु आर्थिक वर्षको ११ महिनामा सो नाका भएर रु आठ अर्ब ६७ करोड २० लाख ६० हजार बराबरको कृषिजन्य वस्तुको आयात भएको छ भने रु सात अर्ब ४१ करोड ८९ लाख तीन हजार बराबरको वस्तुको निर्यात भएको क्वारेन्टिन कार्यालय काँ...

उत्कृष्ट सहकारी पुरस्कृत

काठमाडौं  । राष्ट्रिय सहकारी बैङ्क लिमिटेड दमौली शाखाले तनहुँका दुई सहकारी संस्थालाई व्यवसाय पुरस्कार प्रदान गरेको छ । आर्थिक वर्ष २०७७/०७८ मा बैङ्कमा नियमित कारोबार गर्ने र उत्कृष्ट कारोबार गर्ने एक/एक  सहकारी संस्थालाई सोमबार दमौलीमा आयोजित कार्यक्रममा पुरस्कृत गरिएको हो । उत्कृष्ट का...

 यस्तो छ, आजको मुद्रा विनिमयको दर रेट

काठमाण्डौ । मंगलवार अमेरिकी डलरको विनिमय दरमा सामान्य गिरावट आएको छ ।  यस दिन नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १२६.०३ रुपैयाँ र बिक्री दर १२६.६३ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । सोमवार अमेरिकी डलरको खरिद दर १२६ रुपैयाँ १८ पैसा र बिक्री दर १२६ रुपैयाँ ७८ पैसा कायम भएक...

अपर सोलु हाइड्रोको आईपिओ आजदेखि खुल्ला, १ लाख कित्तासम्म भर्न पाईने

काठमाण्डौ । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले आज असार २० गतेदेखि सर्वसाधारणलाई  आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले सर्बसाधारणलाई १९ लाख ५७ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ३९ हजार १ सय ५० कित्ता शेयर कम्पनीको कर्मचारीको लागि र ९७ हजार ८ सय ७५ कित्ता शेयर सामुहिक लगानी...

मुख्यमन्त्रीलाई घेराबन्दी गर्न आफ्ना  मन्त्री फिर्ता बोलाउने काँग्रेस र माओवादीको तयारी

काठमाडौं । बजेट पास भएलगत्तै बागमती प्रदेशमा सत्ता परिवर्तनको खेल सुरु भएको छ । यसका लागी दलहरुले बेग्लाबेग्लै हस्ताक्षर संकलन सुरु गरेका छन् ।  मुख्यमन्त्रीलाई दबाब दिन हाल माओवादी केन्द्र र नेपाली काँग्रेसबाट मन्त्रिपरिषद्मा सहभागी मन्त्री तथा राज्यमन्त्री फिर्ता बोलाउने तयारी गरिएको छ । ...

आजको विदेशी मुद्राको यस्तो छ विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।  यस्तै अमेरिकी एक डलरको खरिद दर १२६ रुपैयाँ ०६ पैसा र बिक्री दर १२६ रुपैयाँ ६६ पैसा रहेको छ। युरो ए...

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । आज देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम विभागले जनाएको छ । बिहान प्रदेश नं १, बागमती प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको  विभागले जानकारी दिएको छ।   यस्तै  देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ। प्रदे...

सिटिजन्स बैंकका ग्राहकले होटल हिमालयन भिल्लामा छुट पाउने

काठमाडौं  ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नगरकोटस्थित होटल हिमालयन भिल्ला प्रा.लि. बीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरूले होटल हिमालयन भिल्लाका विभिन्न सेवा सुविधाहरूमा ५० प्रतिशतस...

आयल निगम पुग्यो टाट पल्टिने अवस्थामा, प्रधान कार्यालयको जग्गा धितो राख्ने तयारी

काठमाडौ । नेपाल आयल निगमको आर्थिक स्थिति नाजुक बन्दै गएको छ । पेट्रोलियम पदार्थको बक्यौता रकम तिर्न नसकेपछि निगमले प्रधान कार्यालय र त्यसले चर्चेको जग्गा धितो राखेर ऋण लिन लागेको हो । टेकुस्थित प्रधान कार्यालय बनाउन किनिएको जग्गा धितो राखेर तीन अर्ब रुपैयाँ ऋण लिन लागेको निगमका प्रवक्ता विनितमणि...

खुमलटारमा रोपाइँ महोत्सवः मन्त्रीले मेसिनले रोपे धान, किसानले पाएनन मल

काठमाडौं । रोपाइँ गरेर आज विभिन्न जिल्लामा राष्ट्रिय धान दिवस मनाइँदै छ । दिवसको अवसरमा ललितपुरको खुमलटारस्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रले पनि रोपाइँ महोत्सव आयोजना गरेको छ । कार्यक्रममा कृषि मन्त्री महिन्द्र राय यादवले मेसिनमार्फत् धान रोपेर धान रोपाइँको शुभारम्भ गरे । रोपाहारले भ...

आज असार १५, राष्ट्रिय धान दिवस मनाइँदै

काठमाडौं । १९ औं राष्ट्रिय धान दिवस आज मनाइँदै छ । यो वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा देशभर रोपाइँ लगायतका कार्यक्रम आयोजना गरिएको छ । वि।सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्र...

आज यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। बुधबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, मधेस प्...

भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइनको आंशिक खण्ड सञ्चालनमा

काठमाडौं । चितवनको भरतपुरबाट नवलपरासी बर्दघाट सुस्ता पूर्व०को बर्दघाटसम्मको भरतपुर बर्दघाट २२० किलोभोल्ट (केभी) प्रसारण लाइनको आंशिक खण्ड सञ्चालनमा आएको छ। चितवनको भरतपुर महानगरपालिका-११ आँपटारीस्थित सबस्टेसनबाट नवलपरासीको अरूण खोलासम्मको करिब ५६ किलोमिटर प्रसारण लाइनमा सोमबार विद्युत प्रवाह (चार...

कम्युनिष्टहरुले घमण्ड देखाईरहने हो भने काँग्रेसले आगामी चुनावमा बहुमत ल्याउन सक्छ: गौतम 

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले  एकता अथवा कार्यगत एकता कम्युनिस्टहरूले गर्न सकेनन् र घमण्ड देखाईरहे भने काँग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउन सक्ने बताएका छन् । बहुमत नल्याए पनि काँग्रेस पहिलो शक्ति बन्ने स्पष्ट रहेको उनको भनाइ छ ।  मंगलबार पार्टी घोष...

एमाले पूर्वउपाध्यक्ष गौतमले घोषणा गरे नयाँ दल

काठमाडौँ । नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान नामको नयाँ राजनीतिक दल घोषणा गरेका छन् । मंगलबार दिउँसो एक कार्यक्रमका बीच उनले नयाँ दल घोषणा गरेका हुन् । भृकुटीमण्डपस्थित रिपोर्ट्स क्लबबाट घोषणा गरिएको ६९ सदस्यीय उक्त दलको सचिवमा डिबी कार्की रह...

आज पनि घट्यो नेप्से, लगानीकर्ताहरु निराश

xकाठमाडौं । आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ११.८२ अंकको गिरावट आएको छ । कारोबार सुरू भएदेखि नै घट्न थालेको नेप्से परिसूचक दोहोरो अंकले घटेर १९ सय २१ अंकमा आएर बन्द भएको हो । यसक्रममा नेप्सेमा ३० लाख कित्ता सेयर किनबेच भएर १ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, आज सेन्स...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै अमेरिकी एक डलरको खरिद दर १२५ रुपैयाँ ०५ पैसा र बिक्री दर १२५ रुपैयाँ ६५ पैसा रहेको छ। युरो एकको खरिद दर...

वैदेशिक रोजगारीमा ठगिएका श्रमिकलाई २ करोड ४ लाख क्षतिपूर्ति

काठमाण्डौ। सुरक्षित आप्रवासन (सामी) परियोजना तनहुँले वैदेशिक रोजगारीका क्रममा ठगिएकालाई दुई करोड चार लाख ६५ हजार क्षतिपूर्ति दिलाएको छ । आव २०७७र७८ मा वैदेशिक रोजगारीका क्रममा ठगी, जालसाजी तथा पासपोर्ट होल्डमा राखिएका घटनाका पीडितलाई सामीले उक्त क्षतिपूर्ति रकम दिलाउन सहजीकरण गरेको हो । विसं २...