शनिबार ३० जेष्ठ, २०८३ (Saturday June 13, 2026)

मुख्यसमाचार

एमाले लुम्बिनी प्रदेश अध्यक्षका लागि कँडेल र रिजालको उम्मेदवारी दर्ता

१७ भदौ, काठमाडौं ।  नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ । सहमतिको प्रयास असफल भएपछि राधाकृष्ण कँडेल र हरि रिजालले उम्मेदवारी दर्ता गरेका हुन् । प्रदेश अधिवेशन उद्घाटनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले सहमतिको सन्देश दिन निर्देशन दिएपछि नेताहरु छलफलमा जु...

विषालु च्याउलाई कसरी चिन्ने ?

१७ भदौ, काठमाडौं ।  बाहिरी आवरण हेरेर मात्र च्याउ विषालु हो कि होइन भन्ने छुट्याउन सकिंदैन । तैपनि जंगलमा उम्रिएको कुनै च्याउबाट नमिठो गन्ध आएको छ र त्यसमा झुसको मात्रा अत्यधिक छ भने त्यो च्याउ विषालु हुन सक्छ । च्याउबाट तीतो स्वादको गन्ध आएको छ र च्याउ रङ्गीचङ्गी छ भने पनि त्यो विषालु हुन...

म्याग्दीमा लोप हुँदै रैथाने बाली

१७ भदौ, काठमाडौं ।   आनुवांशिक स्रोत र जैविक विविधताले युक्त म्याग्दीका ग्रामीण क्षेत्रबाट विभिन्न ९७ जातका रैथाने बाली लोप हुने अवस्थामा पुगेका छन् । करिब सात वर्षअघि यहाँका कृषकले उत्पादन गर्दै आएका रैथाने बालीका साथै जिल्लाका ग्रामीण भेगमा पाइने वनस्पति अहिले लोप हुने अवस्थामा पुग...

राप्रपाले भदौ २७ मा काठमाडौंमा विरोध सभा गर्ने

१७ भदौ, काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीले २७ भदौमा काठमाडौंमा विरोध सभा गर्ने भएको छ । आइतबार बसेको पार्टी पदाधिकारी बैठकले हिन्दुत्वको रक्षा, हिन्दु राष्ट्र, राजसंस्थाको पुनर्स्थापना, संघीयताको खारेजी र विभिन्न भ्रष्टाचार काण्डको छानबिनको माग गर्दै राप्रपाले विरोधसभा राखेको हो ।...

कोदोबालीलाई खुम्रे कीराले सखाप पारेपछि किसान चिन्तित 

१७ भदौ २०८०, काठमाडौँ ।  बागलुङ नगरपालिकाको अधिकांश क्षेत्रमा लगाइएको कोदोबालीमा खुम्रे कीराको समस्या देखिएकोले किसान चिन्तित भएका छन । खुम्रेकीराका कारण कोदोको डाठ धमाधम सुक्न थालेपछि बागलुङ नगरपालिकाभित्रका किसान चिन्तित बनेका छन् । बागलुङ नगरपालिकाको सिगाना, मालिका, भान्सा, रायडाँडा र...

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक जारी

१७ भदौ २०८०, काठमाडौँ ।  नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बसिरहेको छ । केन्द्रीय समिति बैठकले गरेका निर्णय कार्यान्वयनबारे छलफल गर्न बैठक बोलाएको उपाध्यक्ष राजेन्द्र  पाण्डेले जानकारी दिए । पाण्डेले  भने,‘ केन्द्रीय कमिटीको निर्णय कार्यान्वयनका सम्बन्धमा आवश्यक गृहकार्य ग...

चीन घेर्ने रणनीतिले अमेरिकाको केन्द्र नेपाल बन्यो : खनाल

१५ भदौ, काठमाडौँ ।  नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकाले चीन घेर्ने र ध्वस्त गर्ने केन्द्रका रूपमा नेपाल बनाएको बताएका छन् । शुक्रवार शान्तिका लागि अन्तर्राष्ट्रिय ट्रेड युनियनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले त्यसका ल...

एमालेले लुम्बिनी प्रदेश अधिवेशनको पूरा गर्यो तयारी 

१५ भदौ, काठमाडौँ।  नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशनको तयारी पूरा भएको जनाएको छ । शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले भदौ १६ र १७ गते बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने अधिवेशनको तयारी पूरा भएको जानकारी गराए । अधिवेशनको उद्घाटन...

सुन तस्करीमा धेरै खालका सेटिङहरु भएका छनः प्रधानमन्त्री प्रचण्ड

१५ भदौ, काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल सुन तस्करीमा धेरै खालका व्यक्तिहरु संलग्न भई सेटिङ रहेको बताएका छन् । पोखरमा आयोजित समाजवादी मोर्चाको सन्देश सभामा बोल्दै उनले क्वीन्टलका क्वीन्टल सुन तस्करी हुने गरेको कुरा थाहा पाएपछि सरकारले अनुसन्धान सुरु गरेको बताए ।  सेटिङ नभइक...

कोशी सरकार विरुद्धको रिटमा आज सुनुवाई हुँदै

१४ भदौ, काठमाडौं ।  कोशी प्रदेश सरकारविरुद्धको रिटको सुनुवाइ आज हुँदै छ । कोशी सरकारका पूर्वमुख्यमन्त्री एवम् एमाले नेता हिक्मत कार्कीले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालतले अर्को पेशी आजका लागि तोकेको हो । ७ भदौमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले मुख्यमन्त्री उ...

पेट्रोल, डिजेल र खाना पकाउने ग्यासमा मूल्य बढ्यो

१४ भदौ, काठमाडौं ।  नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासमा मूल्यवृद्धि गरेको छ । बिहीबार राति बसेको निगम सञ्चालक समितिले पेट्रोलमा प्रतिलिटर ४, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २३५ रुपैयाँ वृद्धि गरेको हो । अब काठमाडौंमा पेट्रोलको म...

समाजवादी मोर्चाको सभा आज पोखरामा हुँदै

१४ भदौ, काठमाडौं ।  समाजवादी मोर्चा नेपालको चौथो सन्देश सभा आज गण्डकी प्रदेशको पोखरामा हुने भएको छ । यसअघि मधेश प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा सभा आयोजना गरिसकेको मोर्चाले आज गण्डकीको पोखरामा सभा आयोजना गर्न लागेको हो । सो सभालाई प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्प...

इन्जिनियरिङ शिक्षामा बढाइएको शुल्क फिर्ता लिने सहमति

१३ भदौ, काठमाडौं ।  इन्जिनियरिङ शिक्षामा वृद्धि गरेको शुल्क फिर्ता हुने भएको छ । विद्यार्थीहरुले आमरण अनशनसम्मको आन्दोलन गरेपछि त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहमा गरेको शुल्क वृद्धि फिर्ता हुने भएको हो । त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटा र...

कर्मचारी निष्कासन गर्ने प्राइम बैंकको निर्णयलाई सर्वोच्चले उल्ट्यायो

१३ भदौ, काठमाडौं ।  सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाले समेत श्रम ऐन पालना गर्नुपर्ने फैसला गरेको छ । प्राइम कमर्सियल बैंक लिमिटेडविरुद्ध श्रम अदालत रहेको रिट निवेदनमा सुनुवाइ गर्दै न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले श्रम अदालतले पुनरावेदन तहमा बैं...

राहुल महरालाई ५ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

१३ भदौ, काठमाडौं ।  जिल्ला अदालत काठमाडौँले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरापुत्र राहुललाई भेपमा सुन लुकाएर तस्करी गरेको प्रकरणमा ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।  संगठित सुन तस्करी मुद्दामा अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले सुरुमा अदालतबाट पाँ...

विद्यालय व्यवस्थापन समिति विघटन नगर्न काठमाडौं महानगरलाई सर्वोच्चको अन्तरिम आदेश

१३ भदौ, काठमाडौं ।  सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयको व्यवस्थापन समितिलाई निर्वाध काम गर्न दिन अन्तरिम आदेश दिएको छ । महानगरपालिकाले विद्यालय व्यवस्थापन समितिहरू विघटन गर्ने र सम्बन्धित वडाको अध्यक्ष वा अध्यक्षले तोकेको व्यक्ति विद्यालय व्यवस्थापन समितिको अध...

एसिया कप हेर्नका लागी जनकपुरका विद्यालयहरू बन्द

१३ भदौ, काठमाडौं ।  एसिया कप क्रिकेटमा नेपाल पाकिस्तानको म्याच हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले बुधबार दिउँसो २ बजेपछि बिदा दिएको छ ।उपमहानगरका वरिष्ठ उपसचिव मेहीलाल यादवले एक सूचना जारी गरी बुधबार दिउँसो २ बजेपछि उपमहानगरभित्रका विद्यालय बन्द गर्न निर्देशन दिएका हुन् । आजदेखि सु...

एमसिसी जनताका लागी  ‘झुटको खेस्रो’ होः अध्यक्ष ओली

१३ भदौ, काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदबाट एमसिसी पास गर्दा गरिएको १२ बुँदे व्याख्यात्मक घोषणालाई झुटको खेस्रो भएको बताएका छन्। विराटनगर विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष ओलीले एमसीसी पास गर्दा गरिएको १२ बुँदे व्याख्यात्मक घोषणा...

एमसीसीलाई लिएर समाजवादी मोर्चाभित्र विवाद

१३ भदौ, काठमाडौं ।  अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनको विषयलाई लिएर सत्तारुढ दलहरू सहितको सहभागितामा बनेको समाजवादी मोर्चाभित्र विवाद भएको छ । एमसीसी कार्यन्वयनको घोषणा हुने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहानै बालुवाटारमा सम...

बोदेबर्साइन नगरपालिकाका मेयर र प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

१३ भदौ, काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाख्रापालनको अनुदानमा भ्रष्टाचार गरेको भन्दै सप्तरीको बोदेबर्साइन नगरपालिकाका मेयर आतेशकुमार सिंह र नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना...