बुधबार २ बैशाख, २०८३ (Wednesday April 15, 2026)

मुख्यसमाचार

सरकारको तर्फबाट निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन कुनै कमी हुँदैनः गृहमन्त्री

१ फागुन, काठमाडौँ।  गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारको तर्फबाट निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन कुनै पनि कमी नहुने बताएका छन्। गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारका तर्फबाट कुनै कमी नहुने बताएक...

बङ्गलादेशको आम निर्वाचन बाट बीएनपीलाई बहुमत

१ फागुन, काठमाडौं। बङ्गलादेशको आम निर्वाचन बाट बीएनपीले बहुमत प्राप्त गरेको छ। आम निर्वाचनमा बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी)ले बहुमत हासिल गरेको हो।  बङ्गलादेशको स्थानीय सञ्चारमाध्यमहरुको अनुसार कुल ३ सय सिटमध्ये हालसम्म बीएनपीले २०९ सिट जितेको जनाएको छ।  बहुमत प्राप्त गरेसँग...

प्रधानमन्त्री सुशीला कार्की र भारतका लागि भारतीय राजदूत नवीन श्रीवास्तव बीच भेट

२७ माघ, काठमाडौं ।  प्रधानमन्त्री सुशीला कार्की र भारतका लागि भारतीय राजदूत नवीन श्रीवास्तव बीच भेट भएको छ। आज प्रधामन्त्री काकाीले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई सिंहदरबारमा बोलाएर देशमा विशेष अवस्थामा हुन लागेको निर्वाचनका लागि गरेका सहयोगका लागि धन्यवाद दिएको छन्। भारतल...

नेपालमा जलपंक्षीको संख्या घट्दो

२४ माघ, काठमाडौँ।  नेपालमा जलपंक्षीको संख्या घट्दौ गएको छ। देशभर ताल, तलैया नदी र सिमसार क्षेत्रमा पाइने जलपंक्षीको संख्या, प्रजाति र बासस्थान बारे हरेक वर्ष अंग्रेजी महिना जनवरीको पहिलो शनिबार देखि १५ दिनसम्म गरिँदै आएको छ। गणना बाट पछिल्लो तथ्याङ्क अनुसार नेपालमा वर्षेनी जलपक्षीको प्रज...

मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्या वृद्धि

२० माघ, काठमाडौं।  मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्या वृद्धि भएको छ। मुस्ताङको प्रतिकूल चिसो याममा पनि पर्यटकको संख्या वृद्धि भएको हो।  मुस्ताङस्थित राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमको अनुसार विगतका वर्षभन्दा यस वर्षको जनवरी पहि...

थाईल्यान्डकी राजकुमारीले गरिन् लुम्बिनी मायादेवी मन्दिरको दर्शन

१६ माघ, काठमाडौं। थाइल्यान्डकी राजकुमारी सिनेनाथले लुम्बिनी मायादेवी मन्दिरको दर्शन गरेकी छन्। आज थाइल्यान्डकी राजकुमारी सिनेनाथ बिलासकल्यानीले लुम्बिनीमा गौतम बुद्धको जन्मस्थलको भ्रमण तथा मायादेवी मन्दिरमा विशेष पूजा गरेकी छन्। बिहीबार नेपाल आइपुगेकी राजकुमारी सिनेनाथ बुद्धको जीवनसँग सम्बन्ध...

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ गणना

१४ माघ, काठमाडौं।  बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ गणना  भईरहेको छ। बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत रहेको दुई वटा ब्लक मध्ये एउटा ब्लकक सकाएर दोस्रो ब्लक क्षेत्रमा बाघ गणना भइरहेको जनाएको हो। प्रत्येक चार–चार वर्षमा हुने बाघ गणना अहिले बर्दिया राष्ट्रिय निकुञ्ज भइरहेको जनाए...

आज राष्ट्रिय सभा सदस्यका लागि मतदान हुँदै

११ माघ, काठमाडौँ ।  आज राष्ट्रिय सभा सदस्यका लागि सातै प्रदेशमा मतदान हुँदै छ। २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ पदका आज बिहान ९ः०० देखि दिउँसो ३ बजेसम्म निर्वाचन हुँने छ। निर्वाचन आयोगको अनुसार कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएको र बाँकी १७ पदका लागि आज...

कञ्चनपुरको गडबिजुला ताल संकटमा 

९ माघ, काठमाडौं। कञ्चनपुरको गडबिजुला ताल संकटमा परेको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित गडविजुला ताल संकटमा परेको हो। वषौं देखि चलि आएको सीमा दुई स्थानीय तहबीचको खिचातानी र सीमा विवादका कारण गडविजुला ताल संरक्षणको अभावमा अस्तित्व संकटमा परेको छ।...

दुई दिन शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाट खरखडाइ सङ्कलन गर्न खुला

८ माघ, काठमाडौं। दुई दिनका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाट खरखडाइ सङ्कलन गर्न खुला गरेको छ। महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले मध्यवर्ती क्षेत्रका बासिन्दाका लागि दुई दिन निकुञ्ज क्षेत्रबाट खरखडाइ सङ्कलन गरी निकासी गर्ने सुविधा दिएको हो। निकुञ्ज कार्यालयका सूचना...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर 

८ माघ, काठमाडौं।  आजको लागि विदेशी मुद्राको विनियमदर निर्धारण भएको छ। अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४७ रुपैयाँ २ पैसा निर्धारण भएको छ।   अष्ट्रेलियन डलर एकको खरिददर ९८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९९ रुपैयाँ २५ पैसा, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ५१ प...

बेनीको रत्नेचौर आन्तरिक पर्यटकको रोजाइमा 

६ माघ, काठमाडौं।  बेनीको रत्नेचौर आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ। बेनी नगरपालिका–१ रत्नेचौर पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो। केही वर्ष अघिसम्म रातो माटो र कृषि उत्पादनमा आश्रित रत्नेचौर अहिले पर्यटकीय गाउँको रुपमा परिचित र आन्तरिक तथा बाह्य पर्यटकको रोजा...

आज काठमाडौंको टुँडिखेलमा तामाङ समुदायले मनाए सोनाम ल्होछार

५ माघ, काठमाडौं । आज काठमाडौंको टुँडिखेलमा तामाङ समुदायले सोनाम ल्होछार मनाएका छन्। तामाङ समुदायले नयाँ वर्ष २८६२ औँ सोनाम ल्होछार पर्व मनाएका हुन्। यो पर्व तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन नयाँ वर्षको रुपमा हर्षोल्लासका साथ मनाउने गर्छन्।  सोनाम ल्होछारलाई बाह्रा वर्गमा...

ढोरपाटनमा पर्यटकको चहलपहल बढ्दो

२ माघ, काठमाडौं ।   ढोरपाटनमा पर्यटकको चहलपहल बढेको छ। ढोरपाटनमा अत्यधिक चिसो बढे पनि यस पर्ष पर्यटकको चहलपहल बढेको हो। चिसोका कारण बिहानपख धारामा पानी जम्ने, बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुने हुँदा ढोरपाटनका स्थानीय बेँसी झरेका छन्। अस्थायी रूपमा बसोबास गर्ने र व्यवसायीमात...

नेपाली कांग्रेसले गर्यो गगन र विश्वप्रकाश सहितलाई पाच वर्ष कारबाही

३० पुस, काठमाडौं ।  नेपाली कांग्रेसले गगन र विश्वप्रकाश सहितलाई पाच वर्ष कारबाही गरेको छ। नेपाली कांग्रेसका महामन्त्री दोय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टी संस्थापन पक्षले विशेष महाधिवेशन आह्वान गरेको आरोपमा कारबाही गरेको हो। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय...

संगठन विस्तारमा निष्क्रियता, टिकटमा सक्रियता ः रास्वपा काठमाडौँ सभापति प्रदिप बिष्ट

३० पुस, काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौँ जिल्ला सभापति प्रदिप बिष्ट माथि पार्टी संगठन विस्तारभन्दा आउँदो निर्वाचनमा टिकट सुरक्षित गर्ने उद्देश्यमा बढी केन्द्रित भएको आरोप लागेको छ।  पार्टीभित्रकै नेता तथा कार्यकर्ताहरूले संगठन निर्माणमा अपेक्षित सक्रियता नदेखिए...

पोखरामा सूचना प्रविधि र ‘स्टार्टअप’ प्रदर्शनी मेला हुँदै

२७ पुस, काठमाडौं। पोखरामा सूचना प्रविधि र स्टार्टअप प्रदर्शनी मेला हुने भएको छ। गण्डकी प्रदेश राजधानी पोखरामा सूचना प्रविधि र स्टार्टअप व्यवसाय प्रदर्शनी माघमा हुने भएको हो। नवप्रवर्तन मार्फत रोजगारी सृजना र बेरोजगारी अन्त्यका लागि युवापुस्ताका उद्यमी बाट उत्पादित प्रविधि तथा व्यवसाय प्रदर्शन...

कुलमान घिसिङले राजीनामा दिदै भने अब उज्यालो नेपाल बनाउन लाग्छु 

२३ पुस, काठमाडौं ।  कुलमान घिसिङले मन्त्री पद बाट राजीनामा दिदै अब उज्यालो नेपाल बनाउन लाग्ने बताएका छन्। आज प्रधानमन्त्री सुशीला कार्की समक्ष पदबाट राजीनामा दिएका कुलमान घिसिङले उज्यालो नेपल बनाउन लाग्ने बताएका हुन्। प्रधानमन्त्री सहितको आग्रहपछि घिसिङले आज प्रधानमन्त्री सुशीला कार्कीला...

आज सेयर बजार नेप्से परिसूचक १३.३५ अंक घटेर २६३५ अंक कायम

२२ पुस, काठमाडौं ।  आज सेयर बजार नेप्से परिसूचक १३.३५ अंक घटेर २६३५ अंक कायम भएको छ। अघिल्लो दिन ७ अर्ब १२ करोडको कारोबार भएकोमा आज घटेर ५ अर्ब १७ करोड मात्र कारोबार भएको छ।   नारायणी डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ६.०८ प्रतिशत फस्र्ट माइक्रोफाइनान्सको ३.३५ प्रतिशत, शुभम् पाव...

कञ्चनपुरको सिमसार क्षेत्रमा जलपंछी गणना सुरु

२० पुस, काठमाडौं ।  कञ्चनपुरको सिमसार क्षेत्रमा जलपंछी गणना सुरु भएको छ। नेपाल पंछी संरक्षण सङ्घ (बिसिएन) को समन्वय तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अगुवाइमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेका जलाशय, तालतलैया, सिमसार क्षेत्र तथा निकुञ्ज बाहिरका नदी, ताल र सिमसार क्षेत्रमा जलपंछी गण...