शुक्रबार २९ श्रावण, २०८३ (Friday August 14, 2026)

मुख्यसमाचार

कुलमान घिसिङले राजीनामा दिदै भने अब उज्यालो नेपाल बनाउन लाग्छु 

२३ पुस, काठमाडौं ।  कुलमान घिसिङले मन्त्री पद बाट राजीनामा दिदै अब उज्यालो नेपाल बनाउन लाग्ने बताएका छन्। आज प्रधानमन्त्री सुशीला कार्की समक्ष पदबाट राजीनामा दिएका कुलमान घिसिङले उज्यालो नेपल बनाउन लाग्ने बताएका हुन्। प्रधानमन्त्री सहितको आग्रहपछि घिसिङले आज प्रधानमन्त्री सुशीला कार्कीला...

आज सेयर बजार नेप्से परिसूचक १३.३५ अंक घटेर २६३५ अंक कायम

२२ पुस, काठमाडौं ।  आज सेयर बजार नेप्से परिसूचक १३.३५ अंक घटेर २६३५ अंक कायम भएको छ। अघिल्लो दिन ७ अर्ब १२ करोडको कारोबार भएकोमा आज घटेर ५ अर्ब १७ करोड मात्र कारोबार भएको छ।   नारायणी डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ६.०८ प्रतिशत फस्र्ट माइक्रोफाइनान्सको ३.३५ प्रतिशत, शुभम् पाव...

कञ्चनपुरको सिमसार क्षेत्रमा जलपंछी गणना सुरु

२० पुस, काठमाडौं ।  कञ्चनपुरको सिमसार क्षेत्रमा जलपंछी गणना सुरु भएको छ। नेपाल पंछी संरक्षण सङ्घ (बिसिएन) को समन्वय तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अगुवाइमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेका जलाशय, तालतलैया, सिमसार क्षेत्र तथा निकुञ्ज बाहिरका नदी, ताल र सिमसार क्षेत्रमा जलपंछी गण...

उदयपुरमा भूकम्पको धक्का

२० पुस, काठमाडौं ।  उदयपुरमा भूकम्पको गएको छ। भूकम्प मापन तथा अनुसन्धन केन्द्रको अनुसार उदयपुर केन्द्रविन्दु भएर भूकम्प गएको जनाएको छ।  गएराति १० बजेर ५१ मिनेटमा उदयपुरको बागापाटी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको जनाएको हो। भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको त...

मुस्ताङमा विदेशी पर्यटकको संख्या १९ प्रतिशत वृद्धि

१८ पुस, काठमाडौं।  मुस्ताङमा विदेशी पर्यटकको संख्या १९ प्रतिशतले वृद्धि भएको छ। धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको हो। राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमको अनुसार सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी प...

काठमाडौंको टुँडिखेलमा गुरुङ समुदायले मनाए तमु ल्होसार

१५ पुस, काठमाडौं ।  आज काठमाडौंको टुँडिखेलमा गुरुङ समुदायले तमु ल्होसार मनाएका छन्। पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरेर आज गुरूङ समुदायले धुमधामका साथ तमु ल्होसार पर्व मनाएका छन्।  ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिन...

उज्यालोले पार्यो रामेछाप  उज्यालो

८ पुस, रामेछाप। उज्यालो नेपाल पार्टीले रामेछपमा सोमबार बृहत् जिल्ला भेला गरेको छ। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङको उपस्थितिमा रामेछाप जिल्ला भेला गरेको हो। जिल्ला भेलालाई सम्बोधन गर्दै मन्त्री घिसिङले पार्टी जन्मिएको छोटो समयमा नै दे...

स्याङ्जाको राम्चेडाँडा पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै 

८ पुस, काठमाडौं ।  स्याङ्जाको राम्चेडाँडा पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएको छ। स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको हो। राम्चेडाँडा पहाडको टाकुरोमा अवस्थित समथर र केही भिरालो खुला चौर रहेको यो स्थानबाट स्याङ्जा, पर्...

आजको लागि निर्धाण भयो विदेशी मुद्राको विनिमयदर

८ पुस, काठमाडौं ।  आजको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण भएको छ। अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ १५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा तोकिएको छ।  क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४० पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ९५ पैसा...

सिद्धबाबा सुरुङमार्ग निर्माणको काम ६५ प्रतिशत सम्पन्न

७ पुस, काठमाडौं ।  सिद्धबाबा सुरुङमार्ग निर्माणको काम ६५ प्रतिशत सम्पन्न भएको छ। सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानमा निर्माणाधीन सुरुङमार्गको काम ६५ प्रतिशत सकिएको हो। पहिरो तथा ढुंगा झर्नबाट रोकेर हाल चालु रहेको सडकलाई सुरक्षित बनाउन ७८० मिटर लम्बाइ, ३.४...

निर्माणाधीन दाउन्ने सडकको निरीक्षण मन्त्री कुलमान घिसिङ

६ पुस, काठमाडौं। मन्त्री कुलमान घिसिङले निर्माणाधीन दाउन्ने सडकको निरीक्षण गरेका छन्। भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले दाउन्ने सडक खण्डको निरीक्षण गरी निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिएका हुन्। मन्त्री घिसिङले सडक खण्डको स्थलगत निरीक्षण गर्दै निर्माण कार्यलाई तीव्रता दिन सम्बन्धि...

नेपालीमा प्रकाशीत भयो मौरिस हर्जोगको पुस्तक ‘अन्नपूर्ण’ 

५ पुस, काठमाडौँ ।  मौरिस हर्जोगको पुस्तक ‘अन्नपूर्ण’ नेपालीमा प्रकाशीत भएको छ। ऐतिहासिक १९५० फ्रान्सको–नेपाली पर्वतारोहण टोली नेता मौरिस हर्जोगको पुस्तक ‘अन्नपूर्ण’ प्रिमियर ८००० को नेपाली ससससससंस्करण बजारमा आएको छ। आज नेपालस्थित फ्रान्सेली दूतावास र एलायन्...

आज राष्ट्रपतिबाट निर्वाचन सम्बन्धी अध्यादेश जारी

४ पुस, काठमाडौं ।  आज राष्ट्रपति बाट निर्वाचन सम्बन्धी अध्यादेश जारी भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन सम्बन्धी अध्यादेश जारी गरेका हुन्। नेपालको संविधानको धारा ११४ को उपधारा १ बममोजिम राष्ट्रपति पौडेलले सरकारको सिफारिस अनुसार आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्...

वीरगञ्ज भन्सार कार्यालय द्वारा पाँच महिनामा ९६ अर्ब बढीको राजस्व सङ्कलन

२ पुस, काठमाडौं।  वीरगञ्ज भन्सार कार्यालय द्धारा पाँच महिनामा ९६ अर्ब बढीको राजस्व सङ्कलन भएको छ।  वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा रु.९६ अर्ब ३८ करोड राजस्व सङ्कलन गरेको जनाएको हो। कार्यालयले गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवध...

कुलमानले गरे बर्दिया–कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास

२ पुस, काठमाडौं। कुलमान घिसिङले बर्दिया–कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास गरेका छन्।  ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले बर्दिया राजापुर नगरपालिका–१ दौलतपुर र कैलाली टीकापुर नगरपालिका–५ टीकापुर पार्कसँग जोड्ने...

आज किरात समुदायले मनाए उधौली साकेला पर्व

२७ मंसिर, काठमाडौँ ।  आज किरात राई समुदायले उधौली साकेला पर्व मनाएका छन्।  राजधानीको टुँडिखेलमा किरात राई यायोक्खा काठमाडौँ जिल्ला कार्यसमितिको आयोजनामा उधौली साकेला पर्व मनाइएका हुन्। उधौली साकेलाको अवसरमा किराती समुदायका मौलिक वेशभूषामा सजिएका सहभागीले आफ्ना सांस्कृतिक परम्परा झ...

पुस देखि बाघ गणना गरिँदै

२५ मंसिर, काठमाडौं। पुस देखि बाघ गणना गरिँदै छ। चितवन, पर्सा तथा बाघ भएको निकुञ्ज बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलमा पनि पुस १ गते देखि बाघ गणना गर्न लागिएको हो। पुस १ गते देखि तीन महिना सम्म लगाएर बाघ गणना गर्न लागिएको जनाएको छ। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश...

फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा सघाउने भारतको प्रतिबद्धता   

२३ मंसिर, काठमाडौं ।  आगमी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा भारतले सघाउने प्रतिबद्धता व्यक्त गरेको छ। आज भएको भेटमा गृहमन्त्री ओमप्रकाश अर्यालसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले निर्वाचनका लागि आवश्यक स्रोतसाधन र सुरक्षा बन्दोबस्तीका सामग्री सहयोग गर्ने प्रतिबद्धता ज...

युक्रेनका राष्ट्रपतिले भेटे तिन देशका प्रधानमन्त्री र राष्ट्रपति

२३ मंसिर, काठमाडौं ।  युक्रेनका राष्ट्रपतिले तिन देशका प्रधानमन्त्री र राष्ट्रपतिलाई भेटेका छन्। लामो समयदेखि रूससँगको युद्ध सामना गरिरहेका युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले लन्डनमा बेलायती प्रधानमन्त्री किएर स्टार्मर, फ्रन्सेली राष्ट्रपति इमानुयल म्याक्रो र जर्मनका चान्सलर फ्रिड्...

नारायणी र राप्ती नदीमा घडियाल गोही गणना

२२ मंसिर, काठमाडौं।  नारायणी र राप्ती नदीमा घडियाल गोही गणना कार्य सुरु भएको छ। आइताबार देखि राप्ती र नारायणी नदीमा घडियाल गोही गणना तथा अनुमगन सुरु गरिएको हो।  हरेक वर्ष नारायणी र राप्ती नदीमा छाडिने गरेको गाहीको अवस्था बुझ्नका लागि गोही गणना तथा अनुगमन गर्ने गरिएको छ। मंसिर २...