शनिबार ३० जेष्ठ, २०८३ (Saturday June 13, 2026)

मुख्यसमाचार

कोशीका मुख्यमन्त्री कार्कीले आज शपथ लिंदै,  सानो मन्त्रिपरिषद विस्तारको तयारी

२८ असोज, काठमाडौं ।   कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । प्रदेश प्रमुखको कार्यालयले आज दिउँसो दुई बजे शपथ ग्रहणको कार्यक्रम रहेको बताएको छ । कांग्रेस विद्रोही समूहका ८ र नेकपा एमालेका ३९ जनाको समर्थनमा शनिबार मुख्यमन्त्री नियुक्त भएक...

आजदेखि बडादसैं सुरु, बिहान ११:२९ मा घटस्थापनाको साइत 

२८ असोज, काठमाडौं ।  आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडादसैं सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस दिन च...

विश्वकप छनोटमा अर्जेन्टिनाको तेस्रो जित

२६ असोज, काठमाडौं ।  फिफा विश्वकप २०२६ को छनोटमा अर्जेन्टिनाले लगातार तेस्रो जित हात पारेको छ । दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले पाराग्वेलाई १-० ले पराजित गरेको हो । अर्जेन्टिनाका लागि निकोलस ओटामेन्डीले खेलको तेस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । त्यही अग्रता कायम राख्दै अर्...

भैरहवा मेडिकल कलेजमा रोकिएन विद्यार्थको आन्दोलन

२६ असोज, काठमाडौँ ।  भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्स (युसिएमएस) एण्ड टिचिङ हस्पिटलमा ड्रेस कोडको विवादले उत्पन्न विद्यार्थी आन्दोलन अझै रोकिएको छैन । विद्यार्थीलाई पोशाक अनिवार्य गर्ने प्रिन्सिपल प्रा।डा।लक्ष्मी पाठकको निर्णयप्रति असहमति जनाउंदै विद्यार्थीहरु आन्दोलित भएका हुन् ।...

लाओसविरुद्ध नेपालले फर्कायो बराबरी गोल

२५ असोज, काठमाडौँ।  विश्वकप छनोटमा नेपालले लाओसविरुद्ध बराबरी गोल फर्काएको छ । त्रिपुरेश्वरस्थित दथरथ रंगशलामा चलिरहेको खेलको पहिलो हाफमा लाओसले अग्रता लिएको थियो । ३३ औं मिनेटमा लाओसका कप्टान बाउलपछान बोयनकोङले गोल गरेका हुन् । उनले चोनी वेनपासेर्थको पासमा नेपाली खेलाडीलाई छक्काउँ...

कोशीको मुख्यमन्त्रीमा माओवादी नेता आङ्बोको दाबी पेश

२५ असोज, काठमाडौँ।  कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले दाबी पेश गरेका छन् । बिहीबार साँझ कोशी प्रदेशसभामा रहेका सत्तारुढ गठबन्धन दलका प्रदेशसभा सदस्यहरुको समर्थनमा उनी प्रदेश प्रमुखको कार्यालयमा पुगेका हुन् । उनलाई नेपाली कांग्रेस, न...

कोशी प्रदेशको मुख्यमन्त्रीमा  कांग्रेस नेता  कार्कीको पनि दाबी

२५ असोज, काठमाडौँ।  कोशीको मुख्यमन्त्रीमा दाबी पेश गरेका नेपाली कांग्रेसका नेता केदार कार्कीले आफूले संविधानको धारा १६८ (५) को उपयोग गरेको दाबी गरेका छन् । प्रदेश सरकार गठनको विषयलाई लिएर कोशीमा कुनै पनि दलले आधिकारिक निर्णय नगरेकाले आफ्नो निर्णय गर्न प्रदेशसभा सदस्यहरु स्वतन्त्र रहेको र...

एमाले सुदूरपश्चिममा अध्यक्षका लागी  तीन जनाको प्रतिस्पर्धा

२१ असोज, काठमाडौं ।  आजबाट शुरु भएको नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनमा तीन जनाले अध्यक्ष पदमा दाबेदारका रुपमा प्रस्तुत गरेका छन् । अहिलेका प्रदेश उपाध्यक्ष कमल तिमिल्सिना, सचिवालय सदस्यहरु कृष्णप्रसाद जैशी र बचनबहादुर सिंहले अध्यक्ष पदमा दाबी गरेका हुन् । यी तीनै जनाले अधिव...

इजरायलमा रहेका नेपालीहरुको उद्धारका लागि संयन्त्र गठन

२१ असोज, काठमाडौं ।  नेपाल सरकारले इजरायलमा रहेका नेपालीको उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा एउटा संयन्त्र स्थापना गरेको छ । आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको मन्त्रिपरिषद्को बैठकले इजरायलमा रहेका नेपालीको अवस्था बुझ्न, उनीहरूक...

विरोधीहरुले पार्टी भित्र खेल्न खोजेः ओली

१७ असोज, विराटनगर ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरुले पार्टी भित्र फुट ल्याउन खोजिरहेको आरोप लगाएका छन्  । एमाले कोशी प्रदेशको नयाँ कमिटीको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले विरोधीले एमाले भित्र फुट ल्याउन प्रयास गरेको बताएका हुन् । देश चलाउने एमाले भएको बताउँद...

सिक्किममा बाढीले २३ सैनिक बगायो

१७ असोज, काठमाडौं ।  भारतको सिक्किममा टिष्टा नदीको बाढीले बगाउँदा २३ जना सैनिक बगाएको छ । बाढीले बेपत्ता सैनिकहरुको खोजी भइरहेको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले बताएका छन् । सेनाले जारी गरेको विज्ञप्तिअनुसार सिक्किममा भएको भारी वर्षाका कारण र चुङथाङ बाँधबाट पानी छाडिएका कारण तट...

राष्ट्रपतिबाट भएको कैद मिनाहामाथि ओलीले कटाक्ष

१६ असोज, काठमाडौं ।  प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको सिफारिसमा संविधान दिवसका अवसरमा भएको कैद मिनाहाप्रति कटाक्ष गरेका छन् । संविधान दिवसका अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ज्यान मुद्दामा सजाय पाएका नेपालगञ्जका योगराज ढकाल रिगलको...

 नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशतः विश्व बैंक

१६ असोज, काठमाडौं ।  चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३ दशमलव ९ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । आयात प्रतिबन्ध हट्नु, पर्यटन क्षेत्रको पुनरुत्थानतर्फ जानु तथा मौद्रिक नीति विस्तारै खुकुलो बन्दै गएकाले चालु आर्थिक वर्षमा सन्तोषजनक आर्थिक वृद्धि हुने प्रक्षेपण विश्व बैंकल...

भ्रष्टाचारका फाइल खुलेपछि सरकार ढाल्ने खेल हुन थाल्योः गुरुङ

८ असोज, काठमाडौं ।  कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सरकारले गति लिन खोज्दा ब्रेक लागेको टिप्पणी गरेका छन् । सोमबार पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै मन्त्री गुरुङले सरकार अघि बढ्न खोज्दा हातखुट्टा बाँधिएको बताएका हुन् । ‘म त्यही मन्त्रिपरिषदको मन्त्री हुँ ।...

बाराका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

७ असोज, काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरीसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सिम्रौनगढ–८ कचोर्वास्थित जनता माविको भवन निर्माणवापतको रकम उपभो...

हुम्लामा  गौरा पर्वको रौनक

७ असोज, काठमाडौं ।  हिमाली जिल्ला हुम्लाको ठकुरी बस्तीमा महिलाहरूले गौरा (दुबाटु) पर्व धुमधामका साथ मनाइएको छ। हरेक वर्ष भदौ र असोज महिनामा पर्ने गौरा पर्व ठकुरी समुदायकी महिलाले भारी गीत गाउने र पुरुषले ढाल तरबार नाच नाचेर मनाउने गरिन्छ। सिमकोट गाउँपालिका -७ का जयबहादुर शाहीले यस पटक गौर...

प्रधानमन्त्री प्रचण्ड आज न्युयोर्कबाट चीन जादै

५ असोज, काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज न्युयोर्कबाट सिधै चीन जाने भएका छन्। चीनका समकक्षी ली क्वानको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड आज चीनको हाङझाव जान लागेका प्रचण्डको सचिवालयले जनाएको छ। उनको सचिवालयका अनुसार न्युयोर्कबाट स्थानीय समयअनुसार आज राती साढे १ बजेको फ्ला...

शिक्षकसँगको वार्ता आजै निश्कर्षमा पुर्‍याउन कावा प्रधानमन्त्री खड्काको निर्देशन

५ असोज, काठमाडौँ ।  कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता आजै निश्कर्षमा पुर्‍याउने गरी सरकारी वार्ता टोलीलाई सुझाव तथा निर्देशन दिएका छन् । विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका कतिपय प्रावधानमा असन्तुष्टि जन...

भ्रष्टाचारविरोधी अभियानलाई सफल नबनाए राजनीतिक प्रणाली संकटमा पर्छः  गृहमन्त्री श्रेष्ठ

४ असोज, काठमाडौं ।  उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशमा भ्रष्टाचारविरोधी र सुशासनको अभियानलाई सफल नबनाए राजनीतिक प्रणालीमाथि नै खतरा पैदा हुने बताएका छन् ।  बिहीबार नेपाल बुद्धिजीवी सङ्गठनले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले संविधान र कानु...

 पढ्न पाउने विद्यार्थीको अधिकारप्रति संवेदनशील बन्न मानवअधिकार आयोगको अपिल

४ असोज, काठमाडौं ।  राष्ट्रिय मानवअधिकार आयोगले विद्यार्थीको पढ्न पाउने अधिकारप्रति संवेदनशील बन्न सम्वद्ध पक्षलाई आग्रह गरेको छ । आफ्ना मागहरु सम्बोधन गराउन विद्यालय नै अनिश्चितकालीन रुपमा बन्द गरी पठनपाठनमा अवरुद्ध गर्नुले बालबालिकाको शान्तिपूर्ण वातावरणमा शिक्षा प्राप्त गर्ने अधिकारको उल...