शनिबार ३० जेष्ठ, २०८३ (Saturday June 13, 2026)

मुख्यसमाचार

देश भर माघे सङ्क्रान्ति पर्व मनाइँदै

१ माघ, काठमाडौं । प्रत्येक वर्ष जस्तै माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व देशभर स्नान, जप, ध्यान र साधना दान आदि गरी मनाइँदै छ । माघे सङ्क्रान्तिका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ । ती ठाउँमा भोलि...

रामबहादुर बम्जनको घरमा भेटिएको ३ करोड पैसाको चाङ 

 २५ पुस, काठमाडौं ।  काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका रामबहादुर बम्जनको घरबाट प्रहरीले ३ करोड ३४ लाख रुपैयाँ बरामद गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार उनको घरबाट ३ करोड ३ लाख ७५ हजार ५०० नेपाली रुपैयाँ र विभिन्न १७ देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँ बरा...

क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद

२५ पुष, काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई आज सजाय तोकेको हो । यस अघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर लामिछानेलाई दोषी ठहर गरिएको थियो । फैसलामा भनिएको छ, ‘परिवर्तित न...

मन्थली नगरपालिका–८ का वडाध्यक्ष गोपाल श्रेष्ठलाई प्रवक्ताको जिम्मा 

२४ पुस,काठमाडौं  । मन्थली नगर कार्यपालिकाको २१ औँ बैठकले मन्थली नगरपालिका–८ का वडाध्यक्ष श्रेष्ठलाई कार्यपालिका प्रवक्ताको जिम्मेवारी तोकेको छ । यस अघि प्रवक्ताको जिम्मेवारी कसैलाई पनि दिईएको थिएन ।    श्रेष्ठलाई प्रवक्ता तोके संगै बैठकले मन्थली नगरपालिकाको चौथो हिउँदे वि...

अनुयायीहरुको हत्या, बलात्कार र बेपत्ता गरेको आरोप लागेका रामबहादुर बम्जन पक्राउ

२४ पुस, काठमाडौं ।  तपश्वीको भेषमा अनुयायीको हत्या गरेको, बेपत्ता बनाएको र बलात्कार गरेको आरोप लागेका रामबहादुर बम्जन पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो ।   सीआईबीले लामो समयदेखि बम्जनको खोजी गरिरहेको थियो । पुस २०७६ मा सि...

बंगलादेशको संसदीय निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको पार्टीलाई बहुमत

२३ पुस, काठमाडौं ।  बंगलादेशको संसदीय निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको पार्टी बंगलादेश अवामी लिगले जित हासिल गरेको छ । प्रमुख प्रतिपक्षी दलको बहिस्कारका बाबजुद आइतबार भएको निर्वाचनमा अवामी लिगले दुई तिहाइ सिटमा जित हासिल गरेपछि शेख हसिना लगातार चौथो कार्यकालका लागि प्रधानमन्त्री बन्ने भएकी...

भैरहवा विद्युत प्राधिकरणको कार्यालयमा धर्ना

२२ पुस, काठमाडौं । भैरहवामा नेपाल विद्युत प्राधिकरणले बिजुलीको लाइन काटिदिएका उद्योगका प्रतिनिधि र त्यहाँ कार्यरत मजदुरहरु प्रदर्शनमा उत्रिएका छन् । उनीहरु नेपाल विद्युत प्राधिकरणको कार्यालय अगाडि जम्मा भएर धर्ना दिएका हुन् । उनीहरुले ‘ट्रंक लाइनको निहुँमा उद्योग मास्न पाइँदैन’, ‘...

टी–२० विश्वकपमा नेपाल समूह डीमा

२१ पुस, काठमाडौं ।  टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्ड्स रहेको समूह डीमा परेको छ । शुक्रबार सार्वजनिक भएको खेल तालिका अनुसार आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालको पहिलो खेल नेदरल्याण्ड्ससँग जुन ४ मा अमेरिकाको डल्लासमा खेल्ने छ ।   नेप...

मनास्लु क्षेत्रमा अहिलेसम्मकै धेरै पर्यटक

१८ पुस, काठमाडौं । प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्रमा सन् २०२३ मा अहिलेसम्मकै सर्वाधिक पर्यटक घुम्न पुगेका छन् ।एक वर्षको अवधिमा यस वर्ष नौ हजार १६६ विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) ले जानकारी...

लोपोन्मुख वन्यजन्तु पोथी रेडपान्डा मृत फेला  

१७ पुस, काठमाडौं । इलामको सन्दकपुर गाउँपालिका–५ जौबारीमा लोपोन्मुख वन्यजन्तु पोथी रेडपान्डा मृत अवस्थामा फेला परेको छ । स्थानीयका अनुसार गैरीबास रोड नजिक वृक्षारोपण गरिएको क्षेत्रमा तारबार गर्ने क्रममा पोथी रेडपाण्डा मृत फेला परेको हो । सन्दकपुर गाउँपालिका पशु शाखाका प्रमुख सविन भट्टराईक...

तमु ल्होसार उल्लासका साथ टुँडिखेलमा मनाईयो 

१५ पुस, काठमाडौं । गुरुङ समुदायको महान् पर्व ‘तमु ल्होसार’ मनाइरहेका छन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न बिशोष तमु ल्होसार मनाउने चलन रहेको छ । पर्वका अवसरमा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय समितिले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना...

बालकुमारीमा प्रहरीको गोलीले २ युवा मृत्युको विरोधमा माइतीघरमा प्रदर्शन

१४ पुस, काठमाडौं  ललितपुरको बालकुमारीमा शुक्रबार प्रहरीको गोली लागेर दुई युवाको मृत्यु भएको विरोधमा शनिबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन भएको छ ।   विभिन्न राजनीतिक दलका युवाहरुले प्रहरीको गोली लागी दुई युवकको मृत्यु भएको घटनाका बिषयलाई लिएर माइतीघरमा प्रदर्शन गरेका हुन् । जिल...

बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको गाडीमा आगजनी

१३ पुस, काठमाडौं । (ईपीएस) रोजगार अनुमति प्रणाली परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगो लगाइदिएका छन् । मन्त्री र पीएसओलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीले गाडीमा आगो लगाएका थि...

रामेछापको फरक क्षमता भएकी  शिक्षिका निर्मला कार्कीले पाईन पुरुस्कार

१८ मंसिर,काठमाडौ रामेछाप जिल्ला मन्थलि नगरपालिका ५ सुनारपानीकी निर्मला कार्की ३२ औं अपाङ्गता दिवसको अवसरमा अपाङ्ग महासंघद्वारा आयोजित कार्यक्रममा ज्योती केसी मेरुदण्ड पक्षघात महिला प्रतिभा पुरुस्कार सहित सम्मानित भएकी हुन् । निर्मला जन्मदा शारीरिक रुपमा स्वास्थ्य र तन्दुरस्थ थिइन्  उनि...

फिलिपिन्समा शक्तिशाली भूकम्पको धक्का

१७ मंसिर, काठमाडौं । फिलिपिन्सको मिन्डानाओमा शक्तिशाली भूकम्प गएको छ। अधिकारीहरुले भूकम्पबाट धेरै क्षति हुनसक्ने अनुमान गरेका छन्। अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार गएराति साढे १० बजेतिर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पपछि फिलिपिन्स र जापानमा सुनामीको चेतावनी जारी गरिएको छ।...

काठमाडौंमा महानगरले प्लास्टिकमा प्याकेजिङ सुर्तीजन्य पदार्थ पूर्ण रुपमा निषेध गरेको छ

१२ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिका, स्वास्थ्य विभागले मंगलबार सार्वजनिक आह्वान जारी गर्दै अबको १५ दिनपछि लागु हुने गरी आफ्नो क्षेत्रभित्र प्लास्टिकमा प्याकेजिङ गरिएका खैनी, गुट्खा, पान–पराग वा यस्तै प्रकृतिका सुर्तीजन्य पदार्थको बिक्री वितरण पूर्ण रुपमा निषेध गरिएको जानकारी गराएको छ...

ट्रमा सेन्टरका लागि छिट्टै एमआरआई मेसिन खरिद गरिने 

९ मंसिर, काठमाडौं शनिबार काठमाडौंमा राष्ट्रिय ट्रमा सेन्टरको दशौं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य मन्त्रालय अहिले ठूला उपकरण खरिद गर्ने पक्षमा नभए पनि ट्रमा सेन्टरलाई नभइनहुने एमआरआई मेसिन खरिद गर्न सकारात्मक रहेको बताउनु भएको हो ।...

दुर्गा प्रसाईं समूह र प्रहरीबीच बल्खुमा झडप

७ मंसिर, काठमाडौं । दुर्गा प्रसाई नेतृत्वले आयोजना गरेको विरोध सभामा झडप।  चक्रपथ रिङरोड र बल्खुमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रदर्शनस्थलमा दुर्गा प्रसाईंले सम्बोधन गरीसके पछि निषेधित क्षेत्र तोडेर त्रिपुरेश्वरतर्फ जाने घ...

तिहार लक्षित सुन र चाँदीका सिक्का राष्ट्र बैंङ्कल बिक्री सुरु ग¥यो ।

१९ कार्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंङ्कले तिहारलाई लक्षित गरेर सुनका असर्फी र चाँदीका सिक्का बिक्री सुरु गरेको छ । बैंङ्कले चाँदीको ५, १० र २५ ग्रामको सिक्का र सुनको २.५, ५ र १० ग्रामको असर्फी बिक्री वितरण सुरु गरेको हो ।  कार्तिक २४ गतेसम्म टक्सार महाशाखाबाट सुनका असर्फ...

जाजरकोट भूकम्पमा परेका घाइतेहरुको उपचारमा कुनै कमी हुन नदिने स्वास्थ्य मन्त्री बस्नेतको भनाई ।

१८ कार्तिक, काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले जाजरकोट र रुकुममा हिजो भूकम्पमा परेर घाइतेको उपचारमा कुनै कमी हुन नदिने बताउनुभएको छ । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रम पछि सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री बस्नेतले घाइतेहरुको उपचारका लागि स्वास्थ्यकर...