मंगलवार १२ श्रावण, २०८३ (Tuesday July 28, 2026)

मनोरन्जन

कञ्चनपुरको महेन्द्रनगरमा पूर्णागिरि मेलामा भारतीय दर्शनार्थीको भिड

६ चैत, काठमाडौं।  कञ्चनपुरको महेन्द्रनगरमा पूर्णगिरि मेला सुरु भए सँगै भारतीय दर्शनार्थीको भिड लागेको छ। भारत उत्तराखण्डको चम्पावत जिल्ला अन्तर्गत चुरे पहाडको शृङ्खलामा रहेको पूर्णागिरि माता दर्शन, महेन्द्रनगर र ब्रह्मदेवको सिद्धबाबाको पूजा आराधना गरेपछि मात्रै मनोकामना पूरा हुने किंवदन्ती...

आज घोडेजात्रा काठमाडौं उपत्यकामा मनाइदैं

४ चैत, काठमाडौं। आज घोडेजात्रा काठमाडौं उपत्यकामा मनाइदैं छ। चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा सहित मनाइँदै छ। आज नेपाली सेनाका तर्फबाट टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गरि मनाईदै छ।  टुँडिखे...

पोखरामा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता हुने

३ चैत, काठमाडौं । पोखरामा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता हुने भएको छ। नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा यहि चैत ५ गते देखि ७ गतेसम्म पोखरामा ‘२१औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप (एक्युरेसी प्रतियोगिता) २०२६’ हुने जनाएको छ। पत्रकार सम्मेलन गरेर प्रतियोगि...

सारस चराको मुख्य रोजाइमा पर्दै लुम्बिनी

३ चैत, काठमाडौं। सारस चराको मुख्य रोजाइमा लुम्बिनी प्रदेश परेको छ। विश्वकै प्राचीन चरामध्ये एक मानिने सारसका लागि लुम्बिनी क्षेत्र अहिले सुरक्षित बासस्थान मात्र नभइ सारस चराको लागि उपयुक्त स्थलका रूपमा परिचित हुँदै गएको छ। स्थानीय बासिन्दाको सचेतना, लुम्बिनी सांस्कृतिक नगरपालिकाको सक्रियता र...

अन्तर्राष्ट्रिय ह्वाइटवाटर राफ्टिङ तथा कायकिङ च्यालेन्ज सम्पन्न

२८ फागुन, काठमाडौं।  अन्तर्राष्ट्रिय ह्वाइटवाटर राफ्टिङ तथा कायकिङ च्यालेन्ज सम्पन्न भएको छ। नेपालको साहसिक तथा नदीमा आधारित पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको ५०औँ अन्तर्राष्ट्रिय ह्वाइटवाटर राफ्टिङ तथा कायकिङ महोत्सव तथा २४औँ हिमालय ह्वाइटवाटर च्यालेन्ज त्रिशूली नदीमा सम्प...

राष्ट्रपति पौडेल द्धारा फागुपूर्णिमा (होली)को शुभकामना

१८ फागुन, काठमाडौं। राष्ट्रपति चामचन्द्र पौडेलले फागुपूर्णिमा (होली) को शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको विशेष पर्व फागुपूर्णिमा (होली)ले समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा मिल्ने विश्वास समेत व्यक्त गरेका छन्। पौडेलले समाजमा विद्यमान विभिन्न...

जाडो छल्न आएका पर्यटक चरा फर्किन सुरु

१५ फागुन, काठमाडौं।  जाडो छल्न आएका पर्यटक चरा फर्किन थालेका छन्। जाडो मौसम सुरु भएसँगै जाडो छल्न हिमालपारी बाट आएका चरा फर्किन थालेका हुन्।   हरेक वर्ष अक्टोबरमा आउने पर्यटक चराहरु गर्मी सुरु भएसँगै फर्कन थालेका हुन्। चितवन राष्ट्रिय निकुञ्ज लगायत आसपासका सिमसार क्षेत्रमा हाँस प्रज...

आगामी चैतमा गैँडा गणना गरिने

५ फागुन, काठमाडौं। आगामी चैतमा गैँडा गणना गरिने भएको छ। चार–चार वर्षको अन्तरमा गरिने गैँडा गणना गतवर्ष गर्ने रोकिए पछि यस गर्ने तयारी गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। बजेट अभावका कारण गत वर्ष रोकिएको दुर्लभ एकसिङ्गे गैँडा गणना यस वर्ष आनुवंशिक (जेनेटिक) व...

नेपालमा जलपंक्षीको संख्या घट्दो

२४ माघ, काठमाडौँ।  नेपालमा जलपंक्षीको संख्या घट्दौ गएको छ। देशभर ताल, तलैया नदी र सिमसार क्षेत्रमा पाइने जलपंक्षीको संख्या, प्रजाति र बासस्थान बारे हरेक वर्ष अंग्रेजी महिना जनवरीको पहिलो शनिबार देखि १५ दिनसम्म गरिँदै आएको छ। गणना बाट पछिल्लो तथ्याङ्क अनुसार नेपालमा वर्षेनी जलपक्षीको प्रज...

मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्या वृद्धि

२० माघ, काठमाडौं।  मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्या वृद्धि भएको छ। मुस्ताङको प्रतिकूल चिसो याममा पनि पर्यटकको संख्या वृद्धि भएको हो।  मुस्ताङस्थित राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमको अनुसार विगतका वर्षभन्दा यस वर्षको जनवरी पहि...

थाईल्यान्डकी राजकुमारीले गरिन् लुम्बिनी मायादेवी मन्दिरको दर्शन

१६ माघ, काठमाडौं। थाइल्यान्डकी राजकुमारी सिनेनाथले लुम्बिनी मायादेवी मन्दिरको दर्शन गरेकी छन्। आज थाइल्यान्डकी राजकुमारी सिनेनाथ बिलासकल्यानीले लुम्बिनीमा गौतम बुद्धको जन्मस्थलको भ्रमण तथा मायादेवी मन्दिरमा विशेष पूजा गरेकी छन्। बिहीबार नेपाल आइपुगेकी राजकुमारी सिनेनाथ बुद्धको जीवनसँग सम्बन्ध...

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ गणना

१४ माघ, काठमाडौं।  बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ गणना  भईरहेको छ। बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत रहेको दुई वटा ब्लक मध्ये एउटा ब्लकक सकाएर दोस्रो ब्लक क्षेत्रमा बाघ गणना भइरहेको जनाएको हो। प्रत्येक चार–चार वर्षमा हुने बाघ गणना अहिले बर्दिया राष्ट्रिय निकुञ्ज भइरहेको जनाए...

कञ्चनपुरको गडबिजुला ताल संकटमा 

९ माघ, काठमाडौं। कञ्चनपुरको गडबिजुला ताल संकटमा परेको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित गडविजुला ताल संकटमा परेको हो। वषौं देखि चलि आएको सीमा दुई स्थानीय तहबीचको खिचातानी र सीमा विवादका कारण गडविजुला ताल संरक्षणको अभावमा अस्तित्व संकटमा परेको छ।...

दुई दिन शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाट खरखडाइ सङ्कलन गर्न खुला

८ माघ, काठमाडौं। दुई दिनका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाट खरखडाइ सङ्कलन गर्न खुला गरेको छ। महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले मध्यवर्ती क्षेत्रका बासिन्दाका लागि दुई दिन निकुञ्ज क्षेत्रबाट खरखडाइ सङ्कलन गरी निकासी गर्ने सुविधा दिएको हो। निकुञ्ज कार्यालयका सूचना...

बेनीको रत्नेचौर आन्तरिक पर्यटकको रोजाइमा 

६ माघ, काठमाडौं।  बेनीको रत्नेचौर आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ। बेनी नगरपालिका–१ रत्नेचौर पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो। केही वर्ष अघिसम्म रातो माटो र कृषि उत्पादनमा आश्रित रत्नेचौर अहिले पर्यटकीय गाउँको रुपमा परिचित र आन्तरिक तथा बाह्य पर्यटकको रोजा...

आज काठमाडौंको टुँडिखेलमा तामाङ समुदायले मनाए सोनाम ल्होछार

५ माघ, काठमाडौं । आज काठमाडौंको टुँडिखेलमा तामाङ समुदायले सोनाम ल्होछार मनाएका छन्। तामाङ समुदायले नयाँ वर्ष २८६२ औँ सोनाम ल्होछार पर्व मनाएका हुन्। यो पर्व तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन नयाँ वर्षको रुपमा हर्षोल्लासका साथ मनाउने गर्छन्।  सोनाम ल्होछारलाई बाह्रा वर्गमा...

ढोरपाटनमा पर्यटकको चहलपहल बढ्दो

२ माघ, काठमाडौं ।   ढोरपाटनमा पर्यटकको चहलपहल बढेको छ। ढोरपाटनमा अत्यधिक चिसो बढे पनि यस पर्ष पर्यटकको चहलपहल बढेको हो। चिसोका कारण बिहानपख धारामा पानी जम्ने, बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुने हुँदा ढोरपाटनका स्थानीय बेँसी झरेका छन्। अस्थायी रूपमा बसोबास गर्ने र व्यवसायीमात...

पोखरामा सूचना प्रविधि र ‘स्टार्टअप’ प्रदर्शनी मेला हुँदै

२७ पुस, काठमाडौं। पोखरामा सूचना प्रविधि र स्टार्टअप प्रदर्शनी मेला हुने भएको छ। गण्डकी प्रदेश राजधानी पोखरामा सूचना प्रविधि र स्टार्टअप व्यवसाय प्रदर्शनी माघमा हुने भएको हो। नवप्रवर्तन मार्फत रोजगारी सृजना र बेरोजगारी अन्त्यका लागि युवापुस्ताका उद्यमी बाट उत्पादित प्रविधि तथा व्यवसाय प्रदर्शन...

कञ्चनपुरको सिमसार क्षेत्रमा जलपंछी गणना सुरु

२० पुस, काठमाडौं ।  कञ्चनपुरको सिमसार क्षेत्रमा जलपंछी गणना सुरु भएको छ। नेपाल पंछी संरक्षण सङ्घ (बिसिएन) को समन्वय तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अगुवाइमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेका जलाशय, तालतलैया, सिमसार क्षेत्र तथा निकुञ्ज बाहिरका नदी, ताल र सिमसार क्षेत्रमा जलपंछी गण...

मुस्ताङमा विदेशी पर्यटकको संख्या १९ प्रतिशत वृद्धि

१८ पुस, काठमाडौं।  मुस्ताङमा विदेशी पर्यटकको संख्या १९ प्रतिशतले वृद्धि भएको छ। धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको हो। राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमको अनुसार सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी प...