४ असार, काठमाडौं । आजको अविरल वर्षापछि आएको बाढीले झापाका विभिन्न स्थानमा क्षति पु¥याएको छ । बिशेषगरी दक्षिणी झापामा बाढीले धेरै असर गरेको छ। दक्षिणी झापाका धेरै स्थान डुबानमा पर्दा सयौँ नागरिक विस्थापित भएको जिल्लास्थित सुरक्षा अधिकारीहरूले बताएका छन्। बाढीले सडक अवरुद्ध गरेको छ भने क...
३ असार, काठमाडौँ। वर्षा भई मेलम्ची नदी धमिलो हुन थालेपछि मेलम्ची खानेपानी बन्द गर्ने तयारी गरिएकोे मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। मनसुनजन्य विपद्बाट सम्भावित क्षति न्यूनीकरण गर्न नदी धमिलिने बित्तिकै खानेपानी बन्द गर्ने तयारी गरिएको हो। बागमती प्रदेशमा मनसुन सक्रिय हुन समय लाग्ने भएपछि...
३ असार, काठमाडौँ । स्वीट्जरल्याण्डको भ्रमण सकेर शनिबार राति राष्ट्रपति पौडेल जर्मनीको राजधानी बर्लिन पुगेका छन्। स्वीट्जरल्याण्डको भ्रमण सकेर जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा जर्मनीको राजधानी बर्लिन पुगेका छन्। राष्ट्रपति पौडेल र उनका समकक्षी सङ्घीय गणतन्त्र जर्मनीका राष्ट्रप...
२ असार, काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ मा नेपालले अन्तिम खेलमा बंगलादेशविरुद्ध खेल्दैछ । खेल सोमबार बिहान ५ ः १५ मा सेन्ट भिन्सेन्टमा सुरु हुनेछ। नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित हुँदा श्रीलंकासँग वर्षाको कारण टस पनि हुन नसकी खेल रद्द हुँदा १–१ अंक बाँडेको थियो। समूह डी...
१ असार, काठमाडौं । युरोपियन युनियनले ४८ प्रतिशतसम्म अमेरिकाले चिनियाँ बिजुली गाडीमा १०० प्रतिशत भन्सार लगाएको एक महिना नबित्दै लगाउने निर्णय गरेको छ। तेलबाट चल्ने चिनियाँ गाडीमा १० प्रतिशत भन्सार लगाइरहेको युरोपियन युनियनले जुलाइदेखि लागू हुने गरी बिजुली गाडीमा ३८ प्रतिशतसम्म भन्सार दर बढाएको...
३१ जेठ,काठमाडौं । इजरायलको उत्तरी क्षेत्रमा लेबनानको भूमिबाट हिजबुल्लाहले रकेट आक्रमण गरेको छ। आक्रमणबाट भएको क्षतिको जानकारी भने सार्वजनिक भएको छैन। मंगलबार इजरायलले लेबनानको भूमिमा आक्रमण गर्दा हिजबुल्लाहका एक कमाण्डर अब्दुल्लाह तालेब मारिएका थिए। उनी इजरायल र हिजबुल्लाहबीच भएको आक्रमणबाट मारिएक...
३१ जेठ, मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)का किसानलाई चैतेधान भित्र्याउने चटारो छ। यस वर्ष कुल एक हजार ३२५ हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरिएको कृषि ज्ञान केन्द्र नवलपुरले बताएको छ। विगत केहि वर्षदेखि सिँचाइको सुविधा पर्याप्त हुँदा सिमसार क्षेत्रमा चैतेधान लगाउने क्रम...
३१ जेठ, काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डको अधिकंश ठाउँ पहिरोको जोखिममा रहेको सडक डिभिजनको कार्यालय चितवनले जनाएको छ। सडक पहिरोको उच्च जोखिममा रहेका क्षेत्रहरु मौरी पुल, नाम्सी पुल, कालीखोला र तुइन पुल रहेको छ। नाम्सी, कालीखोला र तुइन खोला सडकको पहिरो नियन्त्रणका लागि ५२ करोड रुपै...
२९ जेठ, काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिस्ठान नृत्य विभागद्धारा आयोजित शास्त्रीय एवम् परम्परागत नृत्य प्रस्तुुतीको कार्यक्रम संस्कृतिक संस्थान जमलमा भएको छ। कार्यक्रमको सभापति वरिष्ठ लोक गायक तथा प्रतिस्ठानका उपकुलपति राम्मु राईले गर्नु भएको थियो। प्रमुख अतिथिमा ललितकाला प्र...
२८ जेठ, काठमाडौं । सेयर बजारमा नेप्से परिसूचक ८.९० अंक (०.४२ प्रतिशत) ले बढेर २०८२.०२ को बिन्दुमा पुगेको छ। नेप्सेमा सूचीकृत भएर संस्थापकको लकइन नखुलेको र कम पूँजी भएका कम्पनीहरूको सेय मूल्यमा उचाल्न ‘स्पेकुलेटिभ प्रवृति’ बजारमा हाबी भएको छ। सेयर खरिद गर्दा कारोबार रकम साढे ५ अर्ब पु...
२६ जेठ, काठमाडौं । रसुवामा गोसाइँकुण्ड गङ्गा दशहरा पर्वअन्तर्गत पवित्र तीर्थस्थल गोसाइँकुण्ड स्नान मेला सुरू भएको छ। गोसाइँकुण्डमा स्नान र पूजा आराधना गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ। ४३८० मिटरको उचाइमा अवस्थित पवित्रकुण्ड स्नान गर्न एक हजारभन्दा बढी भक्तजनले सुलाद्री पर्वतको आ...
२५ जेठ, काठमाडौं । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार डोल्पा तथा मुगुका पाटन क्षेत्रमा यस वर्ष सात हजार चार सय जना यार्सा सङ्कलनमा गएका छन्। बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनमा गएकाहरू बाट सरकारले रु एक करोड २५ लाख ८७ हजार पाँच सय सय राजस्व सङ्कलन गरेको छ। यसपटक गत वर्षको...
२४ जेठ, काठमाडौं । तिब्बतसँग सिमाना जोडिएको चीनको स्वशासित क्षेत्र उरै नाकामा सशस्त्र प्रहरी बलसहितको सरकारी टोलीले निरीक्षण गरेको छ। नेपाली सुरक्षाकर्मीको टोली कोरोना महामारीपछि पहिलोपटक उरै नाकामा पुगेको हो। सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरीक्षक जनकराज पन्त, साइपाल गाउँपालिकाका...
२३ जेठ, काठमाडौँ । आज देशव्यापी ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने नाराका साथ विश्व वातावरण दिवस मनाइएको छ। देशव्यापी रूपमा विभिन्न संघ–संस्था र विद्यालयहरुले पनि यही नाराकासाथ दिवस मनाएका हुन्। संसारभरि प्रदूषणको विषाक्तता, जलवायु परिवर्तनको असर, जैविक विविधताको विनाशले स्वस...
२२ जेठ, काठमाडौं । चुरे क्षेत्र कटारी नगरपालिका–१, २, ३, ५ र ६ का सामुदायिक र सरकारी वन क्षेत्रमा चोरीसिकारी बढ्दा पशुपक्षीं मासिदैं जान थालेका छन्। कटारी–३ का स्थानीयको जानकारी अनुसार सिकारीले वन क्षेत्रमा दिनहुँजसो निलगाई, बँदेल, मृग, मयुर, कालिज, धनेस जस्ता पशुपक्षीहरु...
१३ जेठ, ढोरपाटन (बागलुङ) । नेपालको एक मात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पर्यटक आगमन बढ्न थालेसँगै राजस्व सङ्कलनमा समेत वृद्धि हुन थालेको छ। ढोरपाटनमा विदेशी पर्यटक सिकार खेल्न र आन्तरिक पर्यटक घुमफिर गर्न आउने गरेका छन्। विसं २०४४ मा स्थापना भएको सिकार आरक्षमा विदेशी पर्यटकका लागि उत्कृष्ट गन्...
१३ जेठ, काठमाडौं । गएराति भएको फाइएनलमा लियोनलाई २–१ ले पराजित गर्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च कपको उपाधि जितेको छ। यस संगै पीएसजी च्याम्पियन बनेको हो। १५ औं पटक पीएसजीले फ्रेन्च कप जितेको हो। पीएसजीका लागि उसमान डेम्बेले र फाबियन रुइजले गोल गरे। लियोनका लागि जेक ओ’ब्रेन...
११ जेठ, काठमाडौं । पाकेको आँप वा फलफूल पाक्ने मौसम भन्दा पहिले बजार ल्याइएको कृत्रिम रुपमा पकाइएको जानेर नखान विज्ञहरुले सुझाव दिएका छन्। ताजा अनि पाकेका फलफूलमा पर्याप्त मात्रामा भिटामिन, खनिज, एन्टिअक्सिडेन्ट, पानीको मात्रा पर्याप्त हुने हुँदा ताजा फलफूलले शरीरलाई हाइड्रेटेड...
९ जेठ, ताप्लेजुङ । चीन र नेपालको दुई पक्ष समझदारीमा ताप्लेजुङमा अवस्थित टिप्ताला नाका खुलाउने तयारी भइरहेको छ। जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार चीनका तर्फबाट तिब्बतको डिङ्जी काउन्टी सरकारका अधिकारीबीचको समन्वयमा २५ वैशाखमा नाका खुलाउने सहमति भएको थियो। चीनका तर्फबाट तयारी पूरा...
८ जेठ, काठमाडौं । अर्थ मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा फिनल्यान्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि अनुदान सहायता उपलब्ध गराउने भएको छ। भने आर्थिक सहायतासम्बन्धी सम्झौतामा पनि हस्ताक्षर भएको छ। गत ३ जेठमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त सहयोग रकम स्वीकार गर्ने निर्णय गरेको...